Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rishi-companion domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rishi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6121

Warning: Cannot modify header information - headers already sent by (output started at /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php:6121) in /home3/mythamel/public_html/.website_3022c654/wp-content/plugins/ultimate-post/classes/Initialization.php on line 534
खोकनाको तेल अघोगतितर्फ – Pratipakshya

खोकनाको तेल अघोगतितर्फ

रामलालले तेल बेच्न थालेको साढे तीन दशक बितिसकेछ । १७ वर्षको उमेरदेखि नै तेलको खर्पन बोकेर ‘खोकनाको तेल आयो’ भन्दै सारा गाउ“ डुल्ने रामलालको गर्धन नोलले किचिएर निकै कडा भइसकेको छ । ५० वर्ष नाघिसकेका उनी हिजोआज पनि आफ्नो परम्परागत तेल बेच्ने काम सकिनसकी गरिरहेका छन् । बिहानै आठ बजे खाना खाइवरी नोलले किचिएर ठेला उठेको का“धमा तेलको खर्पन राखेर तेल बेच्न हिंड्ने रामलाल बेलुकी घर फर्कंदा निराशाले भरिएको मलिन अनुहार लिएर फर्कन्छन् । उनी गुनासो पोख्छन्— ‘हिजोआज त तेल किन्ने मान्छे भेट्टाउनै गाह्रो छ ।’

तोरीको तेलको निम्ति प्रसिद्धि कमाएको ललितपुर जिल्लाको खोकनाका रामलालको मात्रै होइन त्यहा“का अधिकांश साल्मी (तेल बेच्ने मानिस) हरूको अहिले यस्तै हविगत छ । धेरैले त तेल बेच्ने काम नै छोडिसकेका छन् भने बा“कीले जसोतसो आफ्नो बाबुबाजेको बिंडो थामिरहेका छन् । हरेक साल्मीको कथा रामलालको जस्तै दर्दनाक हुन्छ । व्यवसाय ओरालो लागेकोले होला, नौला मान्छेस“ग उनीहरू खुलेर आफ्नो पीरमर्का भन्न रुचाउ“दैनन् । खोकनाको वडा नं. ५ मा रहेको एउटा तेलमिलमा भेटिएका साल्मी कड्किंदै भन्छन्— ‘तपाईंहरूलाई भनेर हाम्रँे तेल बिक्री हुने हो र यस्तो लेख्ने मान्छेलाई त हामीले धेरै भनिसक्यौं हाम्रो दुःख ।’ तेलले कटकटिएको कमिज सुरुवाल लगाएका उनको चाउरिएको अनुहारमा जुन निराशा देखिन्थ्यो, त्यो बुझ्ने जो कोहीले उनको आक्रोश स्वाभाविक नै ठान्छ ।

खोकनाको साल्मीको तेलव्यवसाय धरासायी हु“दै जानुमा केही वर्षयता बजारमा थरीथरीका तेलका उत्पादनहरूको बाहुल्य रहनुलाई मान्न सकिन्छ । अहिले बजारमा तोरी, भटमास, वनस्पति आदि थुप्रै किसिमका प्रशोधित तेल पाइन्छ । तोरीको तेलको प्रयोग गर्नेहरू गाउ“–गाउ“मा पनि कम नै भेटिन्छन् । खोकनाका तेल व्यावसायी पनि यस कुरालाई स्वीकार्छन् । ‘प्रतिस्पर्धाका कारणले हामी पछाडि प¥यौं ।’ खोकना वडा नं. ९ का वडाध्यक्ष ज्ञानेन्द्र महर्जन भन्छन्— ‘अहिले नया“ अत्याधुनिक तेल पेल्ने मेसिन आएका छन् । तेल उत्पादन कम्पनीहरू लाखौंको लगानीमा खुलेका छन् । हाम्रँे घरमै बनाउने तेल पेल्ने मेसिनबाट गरिने व्यवसायले ठूल्ठूलो व्यावसायीस“ग कसरी प्रतिस्पर्धा गर्ने ?’ खोकनाको तोरीको तेल शुद्ध त एकदमै हुन्छ । तर, उक्त तेलमा लेदो पनि मिसिएको हुन्छ, जुन छान्ने प्रविधि भएको मेसिन खोकनाबासीस“ग छैन । उनीहरू सम्पूर्ण गाउ“ले मिलेर घरमै तेल पेल्ने मेसिन बनाउ“छन् ।

खोकना गाउ“विकास समिति–अध्यक्ष मदनकृष्ण डङ्गोल तेलव्यवसाय खस्किनुको अर्को मुख्य कारण गाउ“मै तोरीको उत्पादनमा कमी आउनुलाई मान्छन् । पहिलेपहिले अर्थात् १५÷२० वर्षअगाडिसम्म मात्र गाउ“मै उत्पादित तोरीको तेल निकालेर बेच्ने गरिएको खोकनामा अहिले चितवनबाट तोरी झिकाउनुपर्छ । ‘खासादेखि समेत तोरी किनेर ल्याउने गरेका छन् ।’ जित डङ्गोल भन्छन्— ‘तोरी छरेर फाइदा नदेखेपछि यहा“का बारीमा तोरी कम छर्ने गरिएको छ । फेरि तोरीमा धेरै थरी रोग लागेर बाली नस्ट हुनथालेकाले पनि यसमा कमी आएको हो ।’

स्थानीय उत्पादनमा कमी आएपछि तेल उत्पादनको निम्ति खोकनाका साल्मीले तोरी किन्नुपर्ने भएको छ । तर, कम पू“जी भएका साल्मीले तोरी धेरै मह“गो भएकाले खरिद गर्न नसक्ने स्थितिमा पुगेको बताउ“छन् । अहिले एक पाथी तोरीको ६ सय पर्छ जबकि त्यही तोरी तेलमा परिणत हु“दा एक मानाको रु. ४० मात्रै आउ“छ । खोकनाका रामप्रसाद श्रेष्ठका अनुसार एक पाथी तोरीको मुस्किले ५÷६ माना मात्रै तेल निस्कन्छ । यसरी नोक्सान भोग्न बाध्य खोकनाका साल्मीको मुख्य समस्या नै तोरी बन्न पुगेको छ । ‘पहिलेपहिले त तेलस“ग तोरी साट्ने गरिन्थ्यो । अब त तेल नै किन्न छोडे । न तेल बिक्री हुन्छ, न त तोरीस“ग नै साट्न पाइन्छ’— रामलाल भन्छन् । खोकनाका साल्मी आफूले उत्पादन गरेको तेल बेच्न काठमाडौं, भक्तपुर, मकवानपुर र धादिङको विभिन्न गाउ“सम्म पुग्थे । कति त अहिलेसम्म २÷४ दिन बास बसेरसमेत पुग्ने गरेका छन् । धुनबेंसी, फर्पिङ, चित्लाङसम्म तेल बेच्न हिंडेको अनुभव बोकेका धेरै साल्मी भेटिन्छन् खोकनामा । अचेले तेल बेच्ने शैलीमा भने थोरै परिवर्तन भएको छ । आफ्नो साधन मोटरसाइकल हुनेले त्यसमै तेल बेच्ने गरेको पनि भेटिन्छ ।

खोकनाको तेलव्यवसाय सङ्कटग्रस्त हु“दै जानुको कारण हो— वरिपरिका गाउ“हरूमा पनि तेल मिल खुल्नु । एक त पाकेटको तेल उत्पादन अत्यधिक भइरहेको छ भने अर्को वरिपरिका गाउ“मा पनि तेलमिलको विस्तार त्यसैअनुरूपले भएपछि खोकनाको तेल बिक्रीमा कमी आउने नै भयो ।’ गोपीलाल महर्जन तर्क गर्छन् । कुनै समय तेल पेल्ने मेसिन खोकनामा मात्रै भएको त्यहा“का बूढापाका बताउ“छन् । अहिले खोकनास“गैको सैंवु गाविस, कीर्तिपुरको पा“गा, थेचो, बा“डेगाउ“, चाखेल आदि थुप्रै ठाउ“मा यस्ता घरेलु तेल पेल्ने मेसिन छन् । यसबाहेक काठमाडौंकै कतिपय गाउ“मा पनि घरेलु तेल पेल्ने मेसिन भेटिन्छन् ।

खोकना तोरीको तेलको निम्ति प्रसिद्ध ठाउ“ हो भनेर विभिन्न पुस्तकमा लेखिएको भेटिन्छ । तर, यसको ऐतिहासिक पृष्ठभूमि अर्थात कहिलेदेखि र किन यस ठाउ“लाई तेलस“ग जोडियो भन्ने अभिलेख कहीं पाइ“दैन । खोकनाका ६३ वर्षीय रामप्रसाद श्रेष्ठ आफू जान्ने भएदेखि नै खोकनामा तेल पेल्ने गरेको देखेको बताउ“छन् । अहिले खोकनामा भेटिने बूढापाकाहरू आफू ७÷८ वर्षे बालक हु“दा आफ्नो बाबुबाजेले तेल पेल्ने, तेल बेच्ने काम गरेको सम्झन्छन् । यस अर्थमा खोकनाको तेलव्यवसाय कति पुरानो हो, यसै भन्न सकिंदैन । खोकनाका जित डङ्गोल खोकनाको तेल पेल्ने प्रचलन ६ सय वर्ष पुरानो भएको सुनेको बताउ“छन् ।

अहिले खोकनामा तोरीको तेल पेल्ने जम्मा ४ वटा मिल छन् । नेवारी भाषामा खोकनामा घरेलु तेल मिललाई ‘सामो’ भन्छन् । ‘सामो’को नेपाली अर्थ समूह हुन्छ । स्थानीय जनता नै मिलेर बनाइने ‘सामो’ मा धेरैजनाको लगानी हुन्छ । खोकनाका तेलमिल व्यक्तिगत होइनन् । सहकारिताका आधारमा सञ्चालित हुन्छन्— यस्ता तेलमिल । एउटा तेलमिलस“ग थोरैमा पनि सय÷डेढसय जनाको सम्बद्धता रहेको हुन्छ । तिनीहरूले तेल पेल्ने आफ्नै नियम बनाएका हुन्छन् । सबैको पालो आउ“छ । एक दिन एउटाले पेल्छ त अर्को दिन अर्कैले । आफ्नो पालोमा आफूले जम्मा गरेको तोरी पेल्छन् र तेल निकाल्छन् । यसरी मिलबाट तेल निकालेबापत डेढ–दुई माना तेल मिलमर्मतको निम्ति सबैले जम्मा गर्छन् । ‘जोस“ग जति बढी तोरी छ, उसले त्यति नै धेरै तेल निकाल्छ ।’ तेलमिलमा तेल पेलिरहेका हीरालाल डङ्गोल भन्छन्— ‘यसरी तेल पेल्ने, तेल बेच्ने साल्मीहरू नेवार समुदायका ज्यापूहरू हुन्छन् । डङ्गोल, महर्जनबाहेक अरू कसाही, कुसले, पोडे, च्यामे, दमाई, नापित जातजातिलाई अहिलेसम्म पनि तेलमिल छुन दिइदैन । ‘बाहुन–क्षेत्रीको पानी नचल्ने भनेजस्तै यी जातिलाई तेलमिल छुन दिइ“दैन’— खोकनाका गोपीलाल भन्छन् ।

पु“जीको अभावमा खोकनाको तेलव्यवसाय दिनप्रतिदिन अधोगतितर्फ गइरहेको छ । खोकनाको तेलव्यवसायमा आएको सङ्कटले खोकना गाविस नै चिन्तित भएको बताउने गाविस अध्यक्ष मदनकृष्ण डङ्गोल यहा“को तेलव्यवसाय उकास्नको निम्ति लागेको बताउ“छन् । उनका अनुसार युनेस्कोको सहयोगमा खोकनामा थप दुईवटा तेलमिल निर्माण गरिएको छ । युनेस्कोले अनुदानस्वरूप दिएको ५५ सय डलरद्वारा निर्मित ती तेलमिलहरू चल्तीमा भने आइसकेका छैनन् । तर, यिनबाट मात्रै खोकनाका साल्मीलाई राहत भने मिल्ने छैन । प्रतिस्पर्धात्मक बजारमा उत्पादित विभिन्न थरीका तेल माझ पुनः आफूलाई स्थापित गर्न उनीहरूलाई पु“जी तथा सरकारी प्रोत्साहनको खा“चो रहने छ ।