३ दिनको बाटो हिंडेर खाद्यान्न लिन कालीकोटको सदरमुकाम मान्मा (खाडाचक्र बजार) आइपुगेका नन्दे रोकाया यसपटक पनि रित्तै फर्किए । उनको गाउ“ धौलागढे नजिकै रहेको थिर्पु खाद्य डिपो बन्द भएको वर्ष दिन नाघिसकेको छ । खेतीको उब्जनीले जेनतेन दुई महिना धानिने रोकायाको परिवार पनि ठूलै छ— २० जनाको संयुक्त परिवार । यति ठूलो परिवारको हातमुख जोर्ने जिम्मेवारी लिएका नन्देलाई अहिले ठूलै समस्याले पिरोलेको छ ।
सदरमुकाम मान्मा गाविस वडा नं. ६ का महानन्द आचार्यको यसपटकको माघे सक्रान्ती निकै खल्लो रह्यो । चाडपर्वमा २÷३ किलो मात्रै भएपनि चामल पाउने आशामा रहेका उनले खाद्य डिपोबाट एक दाना चामल पनि पाएनन् । ६ जनाको बाहुन परिवारले पैचौं गरेको जौका रोटीबाट थोरै भएपनि राहत महसुस गरे ।
१५ दिन हिंडेरै भएपनि ५० पाथी मकै किन्न पाएकोमा बदालकोट ९ का डिडि कामी दङ् छन् । सधैंजसो खाद्यान्न संकट हुने कालीकोटका उनलाई त्यति खाद्यान्नले २ महिना मात्रै पुग्छ । २ महिनापछि जहान परिवार कसरी पाल्ने हो भन्ने चिन्ताले उनलाई गा“जेको छ ।
कालीकोटका विभिन्न गाउ“बाट खाद्यान्न लिन सदरमुकाम आइपुगेका नन्दे रोकाया, महानन्द आचार्य, डिडि कामीका समस्या सम्पूर्ण कालीकोटबासीको समस्या हो । त्यतिमात्र होइन नेपालका करिब ४१ वटा दुर्गम पहाडी जिल्लामा खाद्यान्न अभाव हुने गरेको छ । यसर्थ खाद्यान्न समस्या ती सम्पूर्ण दुर्गम पहाडी गाउ“को समस्या हो । पहाडैपहाडले भरिएका यी जिल्लामा सिचाईंको अभाव, सरकारको कृषि नीति कार्यान्वयनको समस्या, खेतीयोग्य जमिनको कमी आदि थुप्रै कारणले आवश्यक खाद्यान्नको उब्जनी कम हुने गर्छ । जसका कारण यी जिल्लाका कतिपय ठाउ“का जनता बेलाबेलामा भोकमरीको शिकार हुने गरेका छन् । मुख्य व्यवसाय कृषि रहेको नेपालमा केही वर्षयता खाद्यान्नको आपूर्ति विदेशी राष्ट्रबाट समेत हुने गरेको छ । सन् १९९२ को विश्व बैंकको प्रतिवेदनमा विगतमा खाद्यान्न निर्यात गर्ने नेपाल अहिले आएर राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न विदेशबाट अन्न आयात गर्न बाध्य भएको कुरा उल्लेख छ । र, यसको प्रमुख कारण दिन प्रतिदिन उत्पादकत्वमा आइरहेको कमीलाई मानिएको छ । खाद्यान्न अभावको चरम रूप विशेष गरेर कर्णाली अञ्चलका जिल्लाहरू र त्यस निकट रहेका अरू केही सुदुरपश्चिमका जिल्लामा देखिने गर्छ । साढे दुई दशकयता सिङ्गो कर्णाली अञ्चलका हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पाको सबैभन्दा ठूलो पीडा नै खाद्यान्न अभाव रहिआएको छ । ०५५ चैत्रमा भाइरल इन्फ्लुयन्जाको प्रकोप फैलिरहेको अवस्थामा कर्णालीका पा“चै जिल्लामा खाद्यान्नको संकट समेत पर्न गएपछि उत्पन्न परिस्थिति कति भयावह थियो त्यसलाई कसैले बिर्सेका छैनन । त्यतिखेर रोग भोकको दोहोरोमारमा परेका आठ सयभन्दा बढी जनताले ज्यानै समेत गुमाए ।
कर्णालीमा खाद्यान्न संकट किन ?
०३२ सालमा कर्णालीका विभिन्न ठाउ“मा भोकमरी लागेपछि सरकारले राहतस्वरूप सो क्षेत्रमा खाद्यान्न आपूर्ति गरेको थियो । त्यही राहत वितरण कार्य नै पछि गएर संस्थागत हुनपुग्यो । र, नेपाल खाद्य संस्थानको नामबाट सहुलियत दरमा कर्णालीका जनतालाई खाद्यान्न आपूर्ति गर्न थालियो । सुरुमा कृषि खरिद बिक्री संसथानका नामबाट खुलेको खाद्य संसथान ०३१ साल मङ्सिर देखि संस्थान ऐन २०२१ अन्तर्गत रही स्थापना भएको थियो । स्थापनाका सुरुका वर्षमा ७५ वटै जिल्लामा….. गत विभाजनको आधारमा खाद्यान्न आपूर्ति गर्ने नेपाल खाद्य संसथानले ०४६ सालपछि देशका ३८ दुर्गम जिल्लामा अनुदानित खाद्यान्न आपूर्ति गनैृक ाम ग¥यो । भौगोलिक बनावट, उत्पादनमा क्ष्ँेत्रीय असन्तुलन अस्थिर उत्पादकत्व र बढ्दो जनसङ्ख्या आदि केही निश्चित विषयवस्तुलाई आधार बनाएर जिल्ला खाद व्यवस्था समिति मार्फत् हरेक दुगृम जिल्लामा खाद्यान्न वितरण हुन्छ । नेपाल खाद्य संस्थानका नायव महाप्रबन्धक खेलबहादुर श्रेष्ठका अनुसार अहिले देशभरि ७७ खाद्य डिपो, ४५ खाद्य शाखा कार्यालय १ चामल कारखाना, ११ अञ्चल स्तरीय खाद्य कार्यालय ८ र १ केन्द्रीय कार्यालय रहेका छन् । कर्णाली अञ्चलका पा“चै जिल्ला परनिर्भर भएको साढे दुई दशक बितिसकेको छ । त्यसभन्दा अघि कर्णालीका जनतालाई हातमुख जोर्ने खासै समस्या नभएको कुरा त्यस क्षेत्रका जानकारहरू बताउ“छन् । केही वर्ष यता सो भेगका जनतामा पशुपालन गर्ने प्रचलनमा कमी आएको छ । जसले कर्णालीबासीको आयस्रोतमा कमी ल्याउन थप टेवा दिएको तर्क हुम्लाका सांसद् गोरखबहादुर बोगटी गर्छन् । उनी थप्छन्— ‘सामुदायिक वन उपभोक्ता समितिले तोकेको मह“गो चरन शुल्क कारण पशुपालन व्यावसायीमा नैराश्यता आएको पाइन्छ ।’
भौगोलिक विकटता र गरिबीका कारण यसैपनि कर्णाली क्ष्ँेत्रका जनताको खासै आयस्रोत छैन । पशुपालन, राडीपाखी बुन्ने, भारत वा नेपालकै कतिपय सहरमा मजदुरी गरेर कमाउने बाहेक अन्य विकल्प नभएका यहा“का जनताको निम्ति अहिलेसम्म सरकारले यातायातको सुविधा उपलब्ध गराउन सकेको छैन । डोल्पाका सांसद् नरबहादुर बूढा सरकारले मोटर गुड्ने बाटो मात्रै बनाइदिएपनि सहुलियतको खाद्यान्न नचाहिने बताउ“छन् । उनको तर्क छ— ‘मोटरको बाटो भएको अवस्थामा रोजगारीका अवसर वृद्धि हुन्छ । र, जनताले काम पाएको अवस्थामा परनिर्भर बन्नुपर्दैन ।’ तर कर्णाली अञ्चलमा मोटर गुडाउने उद्देश्यले निर्माण सुरु गरिएको कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) दुई वर्षयता विविध कारणले निर्माण कार्य ठप्प भएको छ । त्यस्तै कर्णालीका जनप्रतिनिधिले पटक पटक आवाज उठाउ“दै आएको हिल्स, सिभिकोट मोटरबाटो प्रति पनि सरकारले त्यति चासो देखाएको देखिंदैन । यसबाहेक यस क्षेत्रको उब्जनी हुने कतिपय भूमिमा सिचाईंको राम्रँे प्रबन्ध नहुनुले पनि खाद्य उत्पादनमा कमी आएको पाइन्छ । विशेष गरेर यस क्षेत्रमा मकै, कोदो, जौ, उवा फापर र थोरै धान पनि उत्पादन हुने गर्छ । तर सो उब्जनीले ३ महिना पनि खान नपुग्ने अनुमान कालीकोटका सांसद् प्रेमबहादुर सिंह गर्छन् ।
कर्णाली अञ्चलका पा“चैवटा जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटबीच भौगोलिक एकरूपता मात्रै होइन रहनसहन, जीवनशैली तथा खाद्यान्न समस्याका प्रकृति पनि एकैनासे छन् । यी जिल्लाका सदरमुकाममा बाहेक अहिले अन्य कुनै गाउ“मा खाद्य डिपो भेटिन मुश्किल पर्छ । कालीकोटको थिर्पु, आदमघाट, खल्लागाउ“ खाद्य डिपो, डोल्पाको काइगाउ“, धौ, लिकुखाद्य डिपो मुगुको सोरुकोट पुलु डिपो, हुम्लाको श्रीनगर, सर्केगाउ डिपो र जुम्लाको जुम्लीकोट खाद्य डिपोमा न खाद्य नै छ न त कर्मचारी नै भेटिन्छ । तर नेपाल खाद्य संस्थानका नायव महाप्रबन्धक खेलबहादुर श्रेष्ठको दाबी छ— सरकारले सहुलियतदरमा हरेक दुर्गम पहाडी हिमाली जिल्लामा खाद्यान्न पु¥याएको छ ।
उता जिल्लाको सदरमुकामसम्म मात्रै पुग्ने खाद्यान्न आधीभन्दा बढी प्रहरी, सेना तथा कर्मचारीको निम्ति छुट्टिने गर्छ । र, बा“की रहेको खाद्यान्न लिन पनि जनताले लडाई नै गर्नुपर्छ । डोल्पाका सांसद् नरबहादुर बुढा आक्रोशित हु“दै भन्छन्— ‘जनताको नाममा आएको खाद्यान्न प्रहरी सेना तथा सदरमुकामका कर्मचारीले खाइदिंदा खाद्यान्न समस्या झै जटिल बनेको छ । सहुलियत दरको चामल खाएर प्रति केजी ८०÷९० रुपिया“को हिसाब देखाउने प्रचलनले भ्रष्टाचार मौलाएको छ ।’ वास्तवमा सेना, प्रहरी तथा कर्मचारीलाई खाद्यान्नको व्यवस्था छुट्टै किसिमले हुनुपर्ने नियम छ । हुम्ला जिललाको आठौं जिल्लापरिषद्ले बैठकबाट प्रहरी, सेना, कर्मचारी तथा शिक्षकका नाममा जनताको सहुलियत प्राप्त खाद्यान्न उपलब्ध गराउन नमिल्ने गरी खाद्य संस्थान तथा आपूर्ति मन्त्रालयलाई जानकारी समेत गराइसकेको थियो । हालै सम्पन्न नवौं जिल्ला परिषद्ले सो निर्णय कार्यान्वयन नभएकोमा पुनः ध्यानाकर्षण गरेको छ । तैपनि हुम्ला सहित सम्पूर्ण कर्णालीका जिल्लामा जनताको नाममा आउने खाद्यान्नको ठूलो हिस्सा सेना तथा प्रहरीकै नाममा छुट्टिने गरेको छ । ०५६ माघ २० गते खाद्य संसथानको चल्ती नं. १६२७ को परिपत्रले भने दुर्गम भत्ता पाउने कर्मचारीलाई २५ प्रतिशत मूल्य बढाई खाद्यान्न वितरण गर्ने निर्देशन जारी गरेको थियो । त्यसै अनुरूप दुर्गम भत्ता पाउने सरकारी कर्मचारी, प्रहरीले मनग्गे खाद्यान्न पाउने गर्छन् । तर मूल्यमा २५ प्रतिशत बढाइएको छ कि छैन, त्यो कसले अनुगमन गर्ने ?’ हुम्लाका सांसद् गोरखबहादुर बोकटी शङ्का व्यक्त गर्छन् । सदरमुकाम थपिंदै गएको प्रहरी सङ्ख्याले खाद्यान्न समस्या बढाउन थोरबहुत मद्दत गरेको तर्क पनि सदरमुकामबासी निकाल्छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कालीकोटबाट निर्वाचित सांसद् प्रेमबहादुर सिंह माओवादी र प्रहरी दुवैका कारण जनताले खाद्यान्न अभाव भोग्नुपरेको बताउ“छन् । उनको तर्क छ— ‘गाउ“–गाउ“मा माओवादी छापामार र कार्यकर्तालाई पाल्नुपर्ने बाध्यात्मक परिस्थिति छ भने अनुदानमा आएको खाद्यान्न प्रहरी र सेनाले खाएपछि दुवैको मारमा जनता नै पर्ने भए ।’ यस अर्थमा हेर्दा माओवादी समस्या सो क्ष्ँेत्रमा खाद्यान्न अभावको एउटा जड बनेको देखिन्छ ।
यातायातको विकास नभएको कर्णालीका ५ जिल्लाका सदरमुकामका जनता धेरैजसो समय हेलिकप्टर आगमनको प्रतीक्षामा रहेको भेटिन्छन् । खाद्यान्न आपूर्तिको महŒवपूर्ण माध्याम बनेको हेलिकप्टरले आफ्नो जिम्मेवारी अनुरूप खाद्यान्न ओसार्ने काम कहिल्यै गर्दैन । सरकारले दुर्गम पहाडी, हिमाली जिल्लामा खाद्यान्न ढुवानी गर्न मात्रै वार्षिक ठूलो रकम छुट्ट्याउने गर्छ । यस आर्थिक वर्षमा खाद्यान्न ढुवानीको लागि २० करोड ५० लाख बजेट छुट्याइएको छ । नेपालगञ्जमा १२ देखि १८ रुपिया“ किलोमा पाइने चामल कर्णालीका ५ जिल्लाका सदरमुकाम पुग्दा त्यसको खास मूल्य रु. ७०÷८० पुगिसकेको हुन्छ । सरकारले एक किलो चामलको ढुवानी गर्न ५५ देखि ६० रुपिया“सम्म तिर्ने गरेको पाइन्थ्यो । तर, यसपटक ढुवानीको निम्ति टेण्डर आह्वान गर्दा कस्मिक एयरले प्रतिकेजी रु. २७ मै ढुवानी गर्ने ‘आ“ट’ गरेपछि स्वाभाविक रूपमा खाद्यान्न ढुवानी कस्मिक एयरले नै पायो ।
तर दुर्गम पहाडी जिल्लाका जनतालाई समयमा नै खाद्यान्न ढुवानी गर्ने जिम्मेवारी पाएको कस्मिक एयरले महिनौं खाद्यान्न ढुवानी नगरेपछि अहिले जुम्ला जिल्ला विकास समितिले त कार्वाहीको निम्ति माग नै गरेको छ । जुम्लीहरू मात्रै होइन कर्णालीका बा“की जिल्लाका सदरमुकामवासीहरू पनि अहिले कस्मिक एयरस“ग निकै आक्रोशित देखिन्छन् । तर कस्मिक एयर बजार व्यवस्थापनका वरिष्ठ प्रबन्धक उपेन्द्र कार्की कर्णालीका खाद्यान्न संकट क्षेत्रमा नियमित खाद्यान्न ढुवानी गरेको दाबी गर्छन् । उनी थप्छन्— ‘हामीस“ग दुईवटा मात्रै हेलिकप्टर छन् । तैपनि कर्णालीका ५ वटै जिल्लामा हामीले सांग्रिला, मनाङ उयर, अनन्य एयरलाई डबल भाडा तिरेर पनि खाद्यान्न ढुवानी गरेका छौं । कोटाको खाद्यँन्न हामीले समयमै पु¥याएका छौं ।
खाद्यान्न ढुवानी समयमै नहु“दाको पीडा त एकातिर छ“दैछ, खाद्यान्न पुगेपछि कर्णालीवासीले भोग्ने पीडाको कथाको अर्कै पाटो छ । सहुलियतको खाद्यान्न वितरण गर्ने दुर्गम जिल्लाका सदरमुकाममा चामलको राजनीति हुन्छ । हुम्लाका सांसद् गोरखबहादुर बोकटी जनप्रतिनिधिको एउटै मुद्दा खाद्यान्न नै भएपछि राजनीति हुनुलाई स्वाभाविक मान्छन् । आखिर जनताको आवश्यकताको निम्ति राजनीति गर्ने न हो ।’ उनी स्पष्ट भन्छन् । तर, सर्वसाधारणको गुनासो छ— ‘जिल्लामा आएको खाद्यान्न वितरण पूर्वाग्रही ढङ्गले हुन्छ । जिल्लाका हाकिम, नेताका नजिकका मान्छेले मात्रै सहुलियतको चामल किन्न पाउ“छन् ।’ कर्णाली क्षेत्रका सांसद्, अरू जनप्रतिनिधि सबैको एउटै ध्याउना जिल्लामा खाद्यान्न आपूर्ति कसरी गर्ने भन्ने रहेको छ । जसको कारण जिल्लाका अरू विकास निर्माणका कार्यतिर उनीहरूको ध्यान पुग्न नसकेको महसुस स्वयं उनीहरू नै गर्छन् ।
भन्न त नेपाललाई कृषि प्रधान देश भनिन्छ । यहा“का बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेको तथ्य पनि हामीस“ग छ । र, स“गस“गै कर्णाली क्षेत्र जस्ता दुर्गम पहाडी भेगका जनताले बिहान बेलुका दुई गा“स खान नपाएको वास्तविकता प्रस्टै छ । खाद्यान्नको अभाव भएका जनतालाई कसरी आत्मनिर्भर बनाउने ? भन्ने तर्फ सरकार गम्भीर नभएको आरोप कालीकोटे सांसद् प्रेमबहादुर सिंहको छ ।
यसो भन्दैमा सरकारले दुर्गम गाउ“मा कृषिका कुनै कार्यक्रम नै नलगेको भने होइन । कृषि मन्त्रालयले कर्णाली अञ्चलका ५ जिल्ला लगायत सुदुरपश्चिमका थप ५ जिल्लामा स्थानीय खाद्यान्न उब्जाउ कार्यक्रम’ गरेको थियो । यसै आर्थिक वर्षमा कर्णालीको कृषि सुदृढीकरणको निम्ति ५ करोड छुट्ट्याइएको छ । यसबाहेक विभिन्न दुर्गम जिल्लामा कृषिको सुदृढीकरणको नाममा करोडौ बजेट खर्चिसकेको छ । मूल कुरो, तय भएका कृषि कार्यक्रमहरू कति प्रभावकारी ढङ्गले कार्यान्वयन गरिए भन्ने हो । कर्णाली क्षेत्रको खाद्यँन्न समस्यालाई हेर्दा सरकारले त्यसको नाममा वार्षिक करोडौं त खर्च गरेको छ । तर त्यसले परनिर्भर कर्णँलीका जनतालाई आत्मनिर्भर बनाउन रक्तिभर भूमिका निभाएको छैन ।
कर्णाली अञ्चलमा खाद्यान्न कहा“, कति ?
जिल्ला | खाद्यान्न कोटा | अहिलेसम्म कति खाद्यान्न पुग्यो | गाविस सङ्ख्या | जनसङ्ख्या |
कालीकाटे | ५३०० क्वी. | ३७०३ क्वी | ३० | ८८८०५ |
मुगु | ४८०० क्वी. | ३२९३ क्वी. | २४ | ३६३६४ |
डोल्पा | ६४०० क्वी. | २६५८ क्वी. | २३ | २५०१३ |
हुम्ला | ६५०० क्वी. | ३२३१ क्वी. | २७ | ३४३८३ |
जुम्ला | ८६०० क्वी. | ३४९५ क्वी. | ३० | ७५९६४ |
कतै भोकमरी, कतै फालाफाल
सहुलियत दरमा खाद्य संस्थानले खाद्यान्न उपलब्ध गराउने पहाडी जिल्ला ताप्लेजुङ्मा यसपटक चामल फालाफाल छ । नेपाल खाद्य संस्थान ताप्लेजुङ शाखाका प्रमुख गौरीशङ्करलाल कर्णले दिएको जानकारी अनुसार, सो जिल्लाको खाद्य डिपोहरूमा १ हजार ३ सय ४५ क्विन्टल चामल सड्ने अवस्थामा रहेको छ । (कान्तिपुर दैनिक माघ २ गते) खाद्य डिपोले बिक्री गर्ने सो चामल गुणस्तरहीन भएको कारण बिक्री नभएको हो । खाद्य डिपोले निर्धारित मूल्य रु. २१ मा बिक्री गर्ने गरेको सो स्तरको चामल बाहिर रु. १५ मै पाउने भएकाले खाद्यको चामल सड्ने अवस्थामा पुगेको बताइन्छ । तर यसको ठीक विपरित, हुम्ला, जुम्ला, कालीकोट, मुगु, डोल्पाजस्ता विकट जिल्लामा खाद्यान्नको अभावमा भोकमरी फैलिने अवस्था छ । कर्णाली क्ष्ँेत्रमा रहेका १४ खाद्य डिपोमध्ये सदरमुकाममा बाहेक अन्यत्रका डिपोमा खाद्यान्न र कर्मचारी नभएको कुरा कालीकोटका सांसद् प्रेमबहादुर सिंह बताउ“छन् । तर नेपाल खाद्य संस्थानका नायव महाप्रबन्धक खेलबहादुर श्रेष्ठ खाद्यान्नको अभावको स्थिति नभएको दाबी गर्दै आवश्यक खाद्यान्न सुरक्षा गरिरहेको जानकारी दिन्छन् ।
खाद्य सुरक्षा हरेक नागरिकको आधारभूत अधिकार हो । स्वास्थ्य जीवन बा“च्नका लागि आवश्यक परिणाम तथा गुणस्तरको खाद्य उपलब्धी नै मानवीय अधिकार मानिन्छ । तर नेपालजस्तो विकासोन्मुख देशको निम्ति खाद्य सुरक्षा चुनौती बनेको छ । सन् १९८६ मा श्री ५ को सरकार आपूर्ति मन्त्रालयले खाद्य सुरक्षाको गुरु योजना तयार गरेको भएपनि यसको खासै कायान्वयन भएन । पर्याप्त खाद्य सुरक्षा गर्न नसकेका कारण एकातिर दुर्गम भेगका नेपालीहरूले आवश्यक खाद्यान्न पाइरहेका छैनन् भने खाद्यान्न उपलब्ध भएकाले पनि पोषणयुक्त खाद्यान्न पाउन सकेका छैनन् ।