Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rishi-companion domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rishi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6121

Warning: Cannot modify header information - headers already sent by (output started at /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php:6121) in /home3/mythamel/public_html/.website_3022c654/wp-content/plugins/ultimate-post/classes/Initialization.php on line 534
‘क्रिकेट कुटनीति’ को खाली मैदान – Pratipakshya

‘क्रिकेट कुटनीति’ को खाली मैदान

जारी एसिया कप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएपनि नेपालीवृत्तमा क्रिकेटको ज्वरो ओर्लिएको छैन । सम्भवतः पहिलोपटक यस्तो भएको छ, हार्दा पनि नेपाली टिम र दर्शक निराश छैनन् । नया“ उत्साह र आत्मविश्वास बढेको अनुभूति गरिरहेका छन् । एक दिवसीय क्रिकेटको सबैभन्दा अव्बल टिम पाकिस्तान र विश्वविजेता बनिसकेको क्रिकेटको अर्को महाशक्ति भारतसंगको खेलमा नेपाली खेलाडीले सम्मानजनक प्रतिस्पर्धा गरेपछि यो माहौल बनेको हो । 

विश्व क्रिकेटका चुनिन्दा खेलाडी रहेको यी दुई देशका टिमसंग आमनेसामने हुनु नेपाली खेलाडीले सा“चेको वर्षौ पुरानो सपना थियो, जो पुरा भएको छ । नेपाली क्रिकेटको विकासमा यो अर्को एउटा उपलब्धी र अवसर बनेको छ । कारण, यी खेलपछि नेपाली खेलाडी अन्तराष्ट्रिय क्रिकेटको नजरमा अझ चहकिलो हिसाबले परेका छन्, तिनको योग्यता र कौशल तारिफको विषय बनेको छ । भारत र पाकिस्तानका नामचीन खेलाडी, खेलविज्ञ, पत्रकार आदिले प्रसंसा गरेका छन् । 

प्रसंसा र बधाईबाट उत्साहित नेपाली क्रिकेटरहरु यतिबेला भारत र पाकिस्तानका समकक्षी खेलाडीसंगका भलाकुसारीका किस्सा सुनाउन व्यस्त छन् । क्रिकेटले गरेको प्रगति देखेर आमजनता थप आशावादी भएका छन् । राजनीतिक वृत्त त झन् कति आकर्षित छ भने, बढ्दो क्रिकेट क्रेज र यसका फ्यानलाई उसले एउटा मुख्य ‘कन्स्टिच्यूयन्सी’ मान्न थालेको प्रतीत हुन्छ । सामाजिक सञ्जालदेखि श्रीलंकाली स्टेडियमसम्मै राजनीतिक नेताका हाउभाउ अनि व्यक्त सद्भाव र समर्थन देख्दा लाग्छ, त्यसमा कही न कही ‘सेन्टीमेन्ट’ तान्ने रणनीति र मोह लुकेको छ । 

अपार सम्भावना भएको क्रिकेटलाई अब सरकारले किनाराको विषय बनाउनु ह“ुदैन । यो खेलको विकास र विस्तारका लागि वृहद् रणनीतिक योजनाको खा“चो छ । नेपालले अब क्रिकेट कुटनीतिको बाटो हिड्नुपर्छ ।

यता, सरकार चाहि क्रिकेटको उत्थान गर्ने औपचारिक प्रतिवद्धतामा सीमित छ । खा“चो भइसकेका रंगशाला निर्माणमा उसको गति धीमा छ । व्यवस्थापकीय भूमिका भएको नेपाल क्रिकेट संघ (क्यान) चाहिं प्रादेशिक हु“दै केन्द्रसम्मै नया“ नेतृत्व चयनको अभियानमा छ । अर्थात् देश क्रिकेटमय भएको छ । 

विद्धेष र घृणाको आगो सल्काउदै अस्थिरता निम्त्याउने नेपथ्यका खेलहरुले जनसाधारणमा भय र निराशा सिर्जना गरिरहेको यो समय क्रिकेटले आशा जगाएर केही राहत दिलाएको छ । यद्यपि, यो आशा र अपेक्षासंगै सरकारले आवश्यक भौतिक पूर्वाधारको विकास गर्न नसकेकोमा गुनासा र असन्तुष्टी छन् । संगै क्यानको भूमिका पनि प्रश्नको घेरोमा छ । सीमित साधन स्रोतको बलमा नेपाली क्रिकेटले एकपछि अर्को सिढी उक्लदै जा“दा सरकार अनि सरोकारवाला निकायहरु किन र कहा“ चुक्दैछन् ? क्रिकेटका प्राथामिकता र अबको गन्तव्य कसरी तय गर्ने ? मुख्यतः यो लेख यही प्रश्नको वरिपरी रहनेछ । 

तीन दशकको उपलब्धी

खेल विधामध्ये लोकप्रियताको सूचिमा सबैभन्दा माथि फुटबल पर्छ । तर, हाम्रो सन्दर्भमा क्रिकेटमा प्रचुर सम्भावना भएको मात्रै होइन, यसले छिटो परिणाम दिनसक्छ भन्ने पनि देखियो । नेपालमा अभिजात बर्गले मनोरञ्जनका लागि खेल्न शुरु गरेको क्रिकेट जनतासंग जोडिन थालेपछि लोकप्रिय बन्दै गएको यसको पृष्ठभूमि खोतल्दा थाहा हुन्छ । 

संक्षिप्तमा नेपाली क्रिकेटको विकासक्रमबाट यो विश्लेषण शुरु गरौं । 

सोह्रौं शताव्दीमा बेलायतबाट क्रिकेट खेल शुरुवात र विस्तार हुनथालेको हो । नेपालमा पनि बेलायतबाट पढेर फर्केका मदन शमसेर राणाले वि.स. १९७७ मा क्रिकेट भित्राएका हुन् । यसरी हेर्दा, नेपाली मैदानमा क्रिकेट खेल शुरु भएको एक सय वर्ष पनि नाघीसक्यो । तर, यो खेल जनतासंग जोडिएको तीन दशक मात्रै भयो ।  

धैरै कालसम्म पनि क्रिकेट कुलीन राणा परिवारको मनोरञ्जनको साधनका रुपमा सीमित थियो । पञ्चायत कालको उत्तराद्र्धतिर अलि–अलि फैलिन थालेको क्रिकेट काठमाडौंको टुडिखेल र तराई–मधेसका कतिपय जिल्लामा छिटफुट खेलिन्थ्यो । तिनताका केही घरेलु प्रतियोगिताहरु पनि हुन्थे । 

क्यानको गठन वि.स.२०१८ सालमै भएपनि यसले संस्थागत औपचारिकता २०४० सालमा राष्ट्रिय खेलकूद परिषद् अन्तर्गत रहेपछि मात्रै पायो । क्यानले २०४४ सालमा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को सदस्यता पायो, २०४६ सालमा एसियाली क्रिकेट परिषद (एसीसी) को सदस्य भयो । र, २०५२ सालमा आइसीसीएको एसोसियट सदस्य राष्ट्र भएपछि नेपाली क्रिकेटको अन्तराष्ट्रिय यात्रा प्रारम्भ भयो । 

पहिलो पटक यही वर्ष नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लियो । एसीसी ट्रफीमा भाग लिन पुरुष राष्ट्रिय टिम मलेसियाको क्वालालम्पुर पुगेको थियो । जहा“ बु्रनाई र जापानलाई जितेपनि बंगलादेशसंग पराजित भएर समूह चरणबाटै बाहिरियो । नेपाली क्रिकेटको आधुनिकीकरण यहीबाट भएको मानिन्छ । 

२०५५ मा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता गर्यो । किर्तिपुर क्रिकेट मैदान र पुल्चोकमा खेलिएको खेलमा नेपालले कुनै पनि खेल जितेन । दुई वर्षपछि २०५७ सालमा नेपालले पहिलोपटक १९ वर्षमुनिका खेलाडीहरुले खेल्ने ‘यु–१९ विश्वकप’मा भाग लियो । त्यसपछिका दिनमा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागीतासंगै आफूलाई खार्दै अघि बढ्यो । आइसीसी ट्रफी, एसीसी इलाइट कप, एसीसी फास्ट ट्रयाक नेसन्स कप, एसीसी इमर्जिङ नेसन्स कप, एसीसी ट्वान्टी–ट्वान्टी,, विश्व क्रिकेट लिग डिभिजनका विभिन्न प्रतियोगितामा खेल्दै जित, हार र अनुभव बटुल्दै खारिदै ‘वान डे’ खेल्ने मान्यता पाएको नेपालले अहिले एसिया कपमा क्रिकेटका महाशक्ति राष्ट्र भारत र पाकिस्तानसंग खेल्ने अवसर पायो । जहा“ पराजयका बाबजुद गतिलो सम्भावना भएको टिमका रुपमा फेरि एकपटक आफूलाई उभ्याउन सफल भएको छ ।  

खेल कुटनीति

सीमित साधन स्रोतका बाबजुद नेपाली क्रिकेट सफलताको यो मुकाममा आइपुगेपछि अब यो खेलको विकास र विस्तार आम चासोको विषय बन्दै गएको छ । भौतिक पूर्वाधारका हिसाबले खेलाडीले जे–जस्तो अभाव भोग्दै आएका छन्, त्यसलाई उच्च प्राथामिकतामा राखेर तत्काल सम्बोधन गर्न सरकारतिर दबाबका औला उठ्न थालेका छन् । 

क्रिकेटका लागि आवश्यक सुविधा सम्पन्न रंगशालाहरु निर्माण गर्ने कुरा अनिवार्य शर्त हुन् । किर्तिपुर स्टेडियममा फ्लड लाइटको व्यवस्था गरेको हल्लीखल्ली गर्ने प्रचण्ड सरकारले अहिलेसम्म त्यसको व्यवस्था गर्न सकेको छैन । भर्खर टेण्डर प्रक्रियामै छ । मुलपानीमा भएका दुईवटामध्ये एउटामा खेल शुरु भएपनि अर्को निर्माणकै क्रममा छ । प्रादेशिक स्तरमा पनि रंगशालाहरु निर्माणका क्रममा छन् । सरकारको पहिलो कार्यसूचि यी भौतिक संरचनाहरु निर्माण छिटो गर्नु हुनुपर्छ । क्रिकेटका लागि पूर्वाधार विकास जति दु्रत हुन्छ, त्यति नै छिटो क्रिकेटले आफ्नो नया गन्तव्य पहिल्याउने निश्चित छ ।  एसिया कपमा विश्वविजेता देशसंग भिडेको देखेका नेपाली दर्शकले भविष्यमा नेपाली टिमलाई विश्वकप क्रिकेटमै खेलिरहेको देख्न सक्नेछन् । एक दिवसीय र ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाएको नेपालले टेस्ट क्रिकेटको मान्यता पाउन सक्नेछ ।

यो अपार सम्भावना भएको क्षेत्रलाई अब सरकारले किनाराको विषय बनाउनु हुदैन । यो खेलको विकास र विस्तारका लागि वृहद् रणनीतिक योजनाको खा“चो छ । अर्थात् अब नेपालले क्रिकेट कुटनीतिको बाटो हिड्नुपर्छ । क्रिकेटबाट खेल पर्यटन र आर्थिक समृद्धिको भाष्य त निर्माण भयो तर नेपाल खेल कुटनीतिको अवधारणामा प्रवेश नै गरेको छैन । त्यसकारण अब खेल पर्यटनबाट एक कदम बढेर सरकारले क्रिकेट कुटनीतिको अवधारणा विकास गर्नु जरुरी छ । 

हामी यस्तो भौगोलिक अवस्थितिमा छौ । जहा भुराजनीतिक जटिलता मात्रै छैन, संगै क्रिकेटका महाशक्ति राष्ट्रहरु पनि छन् । जसरी हामीले आर्थिक रुपमा समृद्ध राष्ट्रसंग सन्तुलित कुटनीति अख्तियार गर्न सक्दा त्यसको लाभ लिनसक्छौं । त्यसरी नै खेल कुटनीतिबाट पनि लाभ लिन सकिन्छ । 

विदेश नीतिमा चुक्दै र अपरिपक्व देखिदै आएको नेपालका लागि खेल कुटनीति परको विषय हो भन्ने तर्क गर्न सकिन्छ । तर, यस्तो हिनताबोध पालेर कहिलेसम्म बस्ने ? क्रिकेटले देखाएको सम्भावनापछि अब यो विषय बुझ्ने र यसमा थप विमर्स गर्न ढिलो गर्नुहुदैन । 

आपसी कलह र मनमुटाव भएका देशहरुले संवादको वातावरण बनाउन ‘खेल कुटनीति’ को अख्तियार गर्छन् भन्ने आम बुझाई छ । चीन र अमेरिकावीचको ‘पिङपङ डिप्लोमेसी’ लाई त्यही रुपमा अथ्र्याइन्छ पनि । सन् १९७१ मा बेइजिङमा यी दुई राष्ट्रका खेलाडीले टेबुलटेनिस टुर्नामेन्ट खेलेपछि तनावपूर्ण सम्बन्ध सुध्रिएको विश्वास गरिएको थियो । र, त्यो खेललाई ‘पिङपङ डिप्लोमेसी’ को संज्ञा दिइएको थियो । 

कयौ देशले खेल कुटनीतिलाई ‘सफ्ट पावर’ का रुपमा लिने गरेको पनि पाइन्छ । अमेरिका, अस्ट्रेलिया लगायतका देशले खेल कुटनीति कार्यान्वयनका लागि बेग्लै विभाग नै गठन गर्ने गरेको पाइन्छ । रणनीतिक योजना बनाएरै खेल कुटनीतिलाई उच्च प्राथामिकतामा राख्ने प्रचलन बढिरहदा नेपाल यसबाट बेखबर छ । खेल कुटनीति अख्तियार गर्न अर्को देशसंग तनावपूर्ण सम्बन्ध हुनैपर्छ भन्ने होइन । खेलको विकास, खेलबाट लिनसक्ने सबै खाले लाभलाई आफ्नो राष्ट्रको उच्चतम हितमा राख्न पनि खेल कुटानीतिलाई अख्तियार गर्ने गरिन्छ । जस्तो कि, जारी एसियाकपकै कुरा गरौं । भारतले पाकिस्तानको भूमिका खेल नखेल्ने अडान राखेपछि ‘तटस्थ भूमि’ श्रीलंकामा म्याच भयो । यदि हामीसंग अन्तराष्ट्रिय स्तरको खेल प्रतियोगिता गर्ने रंगशाला भएको भए, क्रिकेट कुटनीतिको कौशल भएको भए त्यो ‘तटस्ट भूमि’ नेपाल पनि बन्न सक्थ्यो । 

हामी जुन भुराजनीति अवस्थितिमा छौं । यहा हरेक देशका आ–आफ्नै चासो र स्वार्थ छन् । भुराजनीतिक टकरावका अनेक सम्भावना छन् । भारत र पाकिस्तानवीचको बैमस्यता जगजाहेर नै छ । यो पृष्ठभूमिमा भविष्यमा कुनै पनि दिन खेल कुटनीति एउटा अर्थपूर्ण पक्ष हुनसक्छ । खेलले ठूला भुराजनीतिक मुद्दाहरुलाई प्रभावित गर्न नसक्ला तर यसले जनस्तरको संवादलाई बढाउने, समझदारीका अवसरहरु खोल्न र साझा हितहरुमा जोड्ने काम गर्न सक्छ । त्यो भन्दा बढि नेपालको हकमा क्रिकेट खेलाडीले प्रतियोगिताका धेरै मञ्चहरु पाउने वातावरण बन्छ, जसले हाम्रा किकेटरको व्यावसायिकता र ‘एक्पोजर’ पनि बढाउनेछ । 

क्यानले पाठ नभुलोस्

क्रिकेटको विकास र यसको व्यावसायिकताको चर्चा गरिरहदा क्यानको भूमिका विर्सन मिल्दैन । सरकार जत्तिकै गम्भीर क्यान पनि हुनुपर्छ । नेपाली क्रिकेट यतिबेला उज्यालो युगतिर अग्रसर छ । तर, यसका काला पक्षहरु पनि छन् । जसलाई भुल्न मिल्दैन । नया“ नेतृत्व चयन प्रक्रिया चल्दै गर्दाको यो बेला झन् भुल्न मिल्दैन । 

क्यानको नेतृत्वदायी तहमा बसेका मान्छेहरुको काला कर्तुतहरुका कारण एकपछि अर्को सफलताको सिढी उक्लदै गरेको क्रिकेटमा धव्वा लागेको दृष्टान्त पुरानो भएको छैन ।  अति राजनीतिकरण, क्रिकेटका शुन्यप्राय गतिविधि शुन्यप्राय, निराशा र मनोवल गिरेका खेलाडी, आर्थिक अपारदर्शिता र अनियमितताका घटना लगायतका कारण नेपाली क्रिकेट आइसीसीको निलम्बनमै पर्यो । र, अब नेपाली क्रिकेटको आकासमा लागेका काला बादल विस्तारै हट्दैछन् । चरम राजनीतिकरणका कारण अस्तव्यस्त क्यान अब सम्हालिन थालेको छ । 

क्रिकेटको लोकप्रियता र प्रभाव बढ्न बलियो क्यान चाहिन्छ । त्यसकारण विगतका काला पक्षहरुलाई नमिठो पाठका रुपमा लिदै क्यानले नया“ नेतृत्व चयन गर्न सक्नुपर्छ । पूर्वकप्तान पारस खड्काको बाग्मति प्रदेश क्रिकेट संघमा भएको ‘इन्ट्री’ लाई आशाको नजरले हेरिएको छ । केन्द्रीय तहको नेतृत्व चयनमा पनि विवादरहित, आर्थिक हिसाबले स्वच्छ, क्रिकेटप्रति समर्पित, यसलाई माया गर्ने, यसम्बन्धी ज्ञान र सीप भएका मानिस नेतृत्वमा पुग्नुपर्छ । क्रिकेटको विकास र विस्तारका लागि सरकारलाई घच्घच्याउन सक्ने, अन्तराष्ट्रिय क्षेत्रसंग गतिलो समन्वय गर्न सक्ने नेतृत्व चाहिन्छ । 

हामीसंग क्रिकेटलाई माया गर्ने दर्शक छन्, यसप्रतिको लोकप्रियता आकर्षण बढ्दो छ । यो खेलले सम्पूर्ण नेपालीलाई भावनात्मक एकतामा बाध्नसक्छ, देशको प्रतिष्ठा बढाउछ र सबैलाई एकैचाटी खुसी दिन्छ र उर्जा थप्छ । विश्वस्तरीय क्रिकेटका मेघा इभेन्टहरु गर्न सके त्यसले देशलाई आर्थिक लाभ पनि दिन्छ । यस्ते बहुलाभ दिनसक्ने क्रिकेटको बृहत्तर हितका लागि सरकारले क्रिकेट कुटनीतिको रिक्त मैदानमा उत्रिन ढिलो गर्नु हुदैन ।