जब एउटा स्रस्टा निस्फिक्री पोखिन्छ, तब न कृतिले न्याय पाउ“छ । आफूलाई समेत नढा“टी इमान्दार व्यक्त हुन सक्नु नै एउटा कुसल स्रस्टाको परिचय हो । ढा“टको पर्खाल खडा गरेर कुनै अव्बल रचनाकर्म जन्मदैन भन्ने लेखक केशब दाहाल भलिभा“ती जान्दछन् । त्यसैले त उनी बेहिसाब पोखिएका छन्, आफ्नो नया“ कृति ‘माधवी ओ माधवी’ मा ।
विधाका हिसबाले ‘माधवी ओ माधवी’ निबन्ध संग्रह हो । निबन्धको शाव्दिक अर्थ हो, कुनै निश्चित विषयलाई विशेष प्रकारले बा“ध्नु । तर, दाहाल यो कृतिमा कतै बा“धिएका छैनन्, उन्मुक्त पोखिएका छन् । त्यसलै उनी यसलाई निबन्ध संग्रह नभनी ‘निर्बन्ध लेखन’ भन्न रुचाउ“छन् । भन्छन्, ‘माधवी ओ माधवी मेरो निर्बन्ध लेखन हो । निर्बन्ध भनेको बन्धनरहित । यो किताब पढेर पाठक, आफन्त, मेरा परिवारले के भन्लान्, मैले यति खुल्न हुन्छ कि हुदैन, राजनीतिप्रति टिप्पणी गर्दा मैले बनाउन चाहेको पार्टी या दलका नेताले के भन्लान् भन्ने नसोची मनमा जे छ, त्यो कुरा लेखेकाले यसलाई निर्बन्ध भनेको हु“ ।’ (हिमाल खबर डटकम)
अखबारी लेखनमा जमेका दाहालको ‘प्रमोशन’ भएको छ । अब उनी लेखक÷स्रस्टा सूचिमा उक्लिएका छन् । तिखा राजनीतिक विश्लेषण मार्फत चिनिएका दाहाल आशलाग्दा आख्यानकारमा दर्ज भएका छन् ।
‘माधवी ओ माधवी’ उनको तेस्रो कृति हो । यसअघि उनका दुई कृति ‘नेपाली राजनीतिको पुनर्गठन’ (गैरआख्यान) र ‘मोक्षभूमि’ (आख्यान) प्रकाशित भइसकेको छ । अखबारी लेखनमा उनी मुलतः राजनीतिक विषयमाथि विमर्स छेड्छन् । दलीय अभ्यासका संस्कृति÷विकृति उधिन्छन् । राजनीतिक दर्शन, सिद्धान्त र व्यावहारका पाटाहरु केलाउ“छन् । दलहरुमा हुर्कदो अलोकतान्त्रिक चरित्रले उनलाई पिरोल्छ । उनको त्यही पीर अखवारी लेखनमा व्यक्त हुन्छ । त्यसैको परिस्कृत बयान उनले आफ्नो पहिलो पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’ गरेका छन् ।
खासमा दाहाल राजनीतिक अभियन्ता हुन् । उनी बैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा छन् । राजनीतिको ‘कखरा’ नेकपा एमालेको स्कुलबाट सिकेर हुर्केका दाहाल झण्डै दशक यता बैकल्पिक राजनीतिक शक्तिको खा“चो महसुस गर्दे त्यता हेलिए ।
शुरुमा पूर्व माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘नया“ शक्ति’ मा आवद्ध भए । ‘नया“ शक्ति’ को भारी भट्टराईले बोक्न नसक्ने देखेपछि उनी ‘विवेकशील साझा’ तिर सरे । ‘विवेकशील साझा’ पनि छिन्नभिन्न भएपछि दाहालको बैकल्पिक राजनीतिको अभियान सुस्ताएको छ । तथापि उनको लेखन क्रियाशीलता बढेको छ ।
राजनीतिक अभियन्ताका रुपमा दाहालको यात्रा कति सफल रह्यो ? कति रचनात्मक रह्यो वा कति अस्थिर ? यो बेग्लै विमर्सको विषय होला । यो समीक्षा त्यता केन्द्रित छैन । उनको लेखकीय पक्ष र नया“ कृतिमा केन्द्रित छ ।
साहित्य लेखनमा दाहालको आगमन शानदार देखिएको छ । जब उनी ‘मोक्षभूमि’ लिएर पाठक सामु आए, उनी नया“ अवतारमा उदाए । राजनीतिक अभियन्ता र अखबारी लेखकको पृष्ठभूमिका दाहालले ‘नेपाली राजनीतिको पुनर्गठन’ लेख्नु उनको परिधिभित्रकै कर्म थियो । तर, जब उनले खस साम्राज्यको आख्यान ‘मोक्षभूमि’ लेखे, त्यसले उनलाई बेग्लै श्रेणीको शब्द सिल्पीका रुपमा दर्ज गरायो ।
सायद त्यसैले उनी उत्साहित छन् र लेखन कर्ममै बढि क्रियाशील छन् । उनी भन्छन्, ‘हाम्रो साहित्यमा इतिहासका कथा लेखिएकै छैन । हामी लिच्छवी, किरा“त, मल्लकालका बैभवका इतिहास त पढ्छौं तर ती कालखण्डमा आख्यान पढ्न पाउदैनौं । किनकि ती लेखिएकै छैनन् ।’
दाहाल इतिहासको उत्खनन आख्यान मार्फत् गर्ने अभियानमा छन् । लिच्छिवीकालीन ऐतिहासिक पृष्ठभूमिमा आख्यान लेख्ने तयारीमा जुटेका उनले एक दिन कुरै कुरामा भने, मोक्षभूमिपछि अर्को कृति ल्याउन केही लामै समय लाग्ने देखेपछि ‘फिलर’ होस् भनेर ‘माधवी ओ माधवी’ लेखें । तर, यो सामान्य ‘फिलर’ होइन, एउटा गहकिलो र पठनीय कृति बनेको छ ।
यो कृतिका अनेक विशेषता छन् । मूलत ः यहा“ तीन मुख्य विशेषताको चर्चा गरिनेछ ।
यो पुस्तकको पहिलो विशेषता हो, निजात्मक लेखन । ‘माधवी ओ माधवी’ दाहालले आ“शुको मसीले लेखेको निजात्मक कथा हो । त्यसो त लेखक मृत्यूको कथा लेख्न आफूसंग आ“शुको मसी छैन भन्छन् । तर, उनको लेखनीमा जही–त्यही आ“शु छचल्किन्छ । वेपत्ता दाजुको वियोगमा उनी यतिधेरै बेचैन छन्, पुस्तकका पाना–पानामा उनका छटपटाहट व्यक्त हुन्छन् । कम्युनिष्ट कार्यकर्ता दाजु उनका आदर्श हुन् । दाजु हराउ“दा त्यसले घरमा जे जस्तो विपद् र व्यथा बढायो, त्यो पीडाको वृत्तान्त, त्यो बज्रपात वास्तवमै मर्मस्पर्शी छ ।
दाहालले आफ्नै कथा÷व्यथा लेखेका छन् । दाजु बेपत्ता, बसाई–सराई, पिताको देहान्त, आमाको अल्जाइमर्स र वियोग आदि जीवनका उकाली ओराली अनि सुस्केराहरु उनका भोगाई हुन् । र, ती भोगाई, ती कथा÷व्यथा नेपाली समाजका ऐना पनि हुन् । आफ्ना परिवेश मार्फत उनले समाजका कथा भनेका छन् । आत्मकथा झै लाग्ने उनका कथा÷वेदनाले पहाडी जनजीवनसंग साक्षात्कार गराउ“छ । सन्दर्भहरुमा लेखकको निजत्व भएपनि खासमा उनले रुढि र परम्परामा थिचिएको नेपाली समाजको तस्वीर खिचेका छन् ।
दोस्रो विशेषता हो, यात्रा साहित्य । कुनै पनि भ्रमण साहित्य सिर्जनाको एउटा बलियो स्रोत हो । दाहालले पनि आफूले घुमेका ठाउ“, देश÷विदेशका यात्रा वृत्तान्तलाई यो पुस्तकको अर्को मुख्य स्रोत बनाएका छन् । तर, स्वादिलो कुरा के छ भने, यात्रा संस्मरणका नाममा ती वृत्तान्तमा घुमाईका विवरणहरुको फेहरिस्त छैन । यात्रा साहित्यको नौलो स्वाद पस्किएका छन्, उनले ।
जहा“ यात्रा गर्छन्, त्यहा“को ऐतिहासिकता र तथ्यमा आधारित भएर कैयन विमर्स गरेका छन्, उनले । जस्तो, डेनमार्कको कोपनहेगनबाट जर्मनीको बर्लिन घुम्दा उनले शहरको बखान कम, कार्ल माक्र्सको बयान धेरै गरेका छन् । उनका यात्रा वृत्तान्तमा राजनीतिक दर्शन हुन्छ, ती दर्शनहरुमाथि गहिरो विवेचना र प्रश्नहरु हुन्छ ।
बर्लिनका सडक घुम्दा उनले एउटा ‘डमी माक्र्स’ भेट्छन्, जो जिविकाका लागि माक्र्सको जस्तै दाह्री पालेर पर्यटकसंग फोटो खिचाइ बस्छन् । प“ुजीवादी पश्चिमा शहरमा माक्र्सको विक्री भएको देखेर उनी आफ्नै देश सम्झन्छन्, जहा“ कार्यालयका भित्तामा माक्र्सको फोटो टा“सेर राजनीतिको व्यापार चलेको छ । लेख्छन्, ‘माक्र्सका नाममा आज संसार भर व्यापार छ । कतै राजनीति वेचिन्छ, कतै सपना । कतै झण्डा बेचिन्छन्, कतै फोटो ।’ ( पृ. ८२ )
कम्बोडियाको नोम्पेन्ह शहरको किलिङ फिल्ड (मानव बधशाला) पुग्दा लेखकलाई पोलपोटको क्रुरताले क्रुद्ध पार्छ । कुनै बखत खा“टी कम्युनिष्ट कार्यकर्ता दाहाल चीनका माओको सांस्कृतिक क्रान्तिका कथा पढेर कम्युनिष्ट भएका थिए । होचि मिन्हले अमेरिकी साम्राज्यवाद विरुद्ध प्रतिरोध गरेको संघर्षको कथाबाट प्रेरित भएर कम्युनिष्ट भएका थिए । उनले जे पढेका थिए वा जे पढाइएको थियो, त्यो भन्दा भिन्न अवस्था देखेर उनी क्रुद्ध हुन्छन् । मानव बधशालाको भ्रमण लेखकसंगै गर्दा दिगमिग हुन्छ र एउटा अपार घृणा जाग्छ । अनि लेखककै हारमा उभिएर प्रश्न गर्न मनलाग्छ, ‘राजनीति र सत्ताका नाममा निर्दोष मासिनहरु कहिलेसम्म बलिवेदीमा चढिरहने ?’
पोलपोटको क्रुरताले घायल लेखक लाल विद्रोहको केन्द्र नक्सलबाडी पुगेर क्रान्तिका सपनाको हिसाब किताब गर्न खोज्छन् । नक्सालबाडी पुगेर चारु मजुमदारलाई खोज्छन् तर न कानु सन्याल भेटिन्छन् र मजुमदार ।
पश्चिम बंगालको नक्सलाइट आन्दोलनका क्रममा कयौं बालबालिका र निर्दोष महिला मारिए । नक्सलाईटहरु वीचको आपसी विभाजनले यो आन्दोलन कमजोर भयो । दाहालले नक्सालबाडी पुगेरै, केही दिन अध्ययन गरेर यो आन्दोलनको उत्थान र ओरालो यात्रा पुस्तकमा समेटेका छन् । उनी जहा“ पुग्छन्, आन्दोलन र बलिदानको अर्थ खोज्छन् । चाहे कम्बोडिया पुगुन् वा नक्सालबाडी, सपनाको मृत्यू भएकोमा उनी द्रविभुत छन् । सोध्छन्, ‘इतिहास बनाउन हिडेका मान्छे समयको मरुभूमिमा कता पुरिए ? क्रान्तिको बलिवेदीमा चढेका ती मान्छे र उनका सपना आज किन गुमनाम छन् ?’( पृ. ७६ )
राजनीतिक दर्शन, कम्युनिष्ट राजनीतिका विसंगतिका बहस छेडिरहेका लेखक पुस्तकको अन्त्यमा आएर काल्पनिक प्रेमको उडान भर्छन् । यो उनको पुस्तकको तेस्रो विशेषता हो । खासमा पुस्तकको शीर्षकले न्याय अन्तिम निबन्धबाट मात्रै पाउ“छ । पुस्तकको मुख्य हिस्सामा राजनीतिक दर्शन, समाज र निजात्मक भोगाई छन् । ‘माधवी’संगको अलौकिक प्रेमगाथा पढ्न पुस्तकको पुछारमै पुग्नुपर्छ ।
त्यसो त लेखक किर्गिस्तानको राजधानी विस्केकमा भेटिएका एउटी चञ्चले युवतिसंग मस्किन्छन् । इसाकुलमा भेटिएकी इबेलालाई ‘प्रेम’ गर्छन । विभिन्न निबन्धहरुमा पुरुष यौन मनोविज्ञान झल्किएका सन्दर्भहरु नभएका होइनन् तर मूल रुपमा लेखकको प्रेमिल रुप र यौन मनोविज्ञान उजागर ‘ओ माधवी ओ’ निबन्धमै भएको छ ।
‘माधवी’ मदनमणि दिक्षितको चर्चित उपन्यास हो । महाभारतको उत्तर पर्वमा भएको गालब र माधवीको कथालाई दिक्षितले आख्यानको रुपमा दिएका छन् । माधवी त्यही उपन्यासकी केन्द्रिय पात्र हुन् । माधवी लेख्दा दिक्षित यति डुबेका थिए कि, उनी आफ्नै आख्यानकी पात्रसंग प्रेममा परेका थिए । उनी निद्रामै बर्बराउथे रे । माधवी…माधवी.. भनेर सपनामै ऐठन हुन्थ्यो रे दिक्षितलाई ।
तिनै माधवीसंग दाहाल पनि प्रेममा परेछन् । यस्तो अलौकिक प्रेम जहा“ एउटा निरीह प्रेमीको वेचैनी छ, समर्पण छ र आशक्ति पनि छ । दाहालले माधवीको प्रेम मार्फत एउटा पुरुषको प्रेमभाव र यौन मनोविज्ञान दर्शाएका छन् । सपनामा माधवीसंग रोमान्स र सयेर गरेका दाहालको अलौकिक प्रेममा भोगाईको मात्रा के–कति छ ? त्यो उनै जानुन् । यति चाहि भन्न सकिन्छ, सिर्जनालाई न्याय गर्ने इमान्दार प्रयत्न उनले गरेका छन् । अखबारमा प्रकाशित लेखमा प्रयोग भइसकेका कतिपय सूचना र सन्दर्भ दोहोरिंदा चाहिं कहीं कहीं खट्किन्छ । अन्यथा किताब पब्लिसर्सले प्रकाशित गरेको यो पुस्तकमा भएका २३ निबन्ध कथा पढेजस्तो सलल बग्छन् । सरल भाषा लेखिएको आख्यान जस्तो लाग्छ ।