माओवादी संगठन विभाग प्रमुख मोहन वैद्य (किरण) केही यता राजनीतिक वृतको केन्द्रमा छन् । खासगरी उनले व्यक्त गरेका राजनीतिक टिप्पणीले ‘हार्डलाइनर’ छवि निर्माण भएको छ । राजनीतिक क्यारियर र उमेर दुवैले पार्टीभित्रका अग्रज बैद्य साढे चार दशकअघि कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । प्यूठानमा जन्मेका उनले दाङ्को संस्कृति महाविद्यालयबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए गरेका छन् । उनीसंग राजाराम गौतमले गरेको संवादको मुल अंश–
सभासदबाट राजीनामा दिनुभयो नि,किन संविधान निर्माणको ऐतिहासिक जिम्मेवारीबाट पन्छिएको ?
–मैले पार्टीको जिम्मा लिएको छु । संगठन विभागको नेतृत्व गर्ने जिम्मेवारी हालै पाएपछि राजीनामा दिएको हु“ । बढि समय पार्टीको काममा खट्नुपर्ने आवश्यकता भएकाले राजीनामा दिनुपर्यो ।
अरु पार्टीका पनि अध्यक्ष÷महासचिव सभासद छन् । पार्टीेको काम भन्दै पन्छिदा संविधानसभालाई वेवास्ता गरिएको अर्थ लाग्दैन ?
संविधानसभामा पार्टीको तर्फबाट निर्वाह गर्ने भूमिकालाई म पूर्ण जिम्मेवारीसाथ पालन गर्छु ।
पार्टी अध्यक्ष्ँले सरकारको नेतृत्व गरेपछि तपाईले कार्यबहाक अध्यक्ष बन्ने चाहाना राखेको भनिन्छ नि ?
त्यो गलत हो । हाम्रो पार्टीको विधानमा कार्यवहाक अध्यक्ष राख्ने प्रावधान छैन । व्यवस्थै नभएको कुरामा चाहाना राख्ने कुरै आउदैन ।
पार्टीभित्रका असन्तुष्टी र मतभेद प्रकटरुपमै बाहिर आउन थालेका छन्,के हो मतभेदको जड ?
अलि अलि त भै हाल्छ । मतभेद नभए त यो जिवित नै हुदैन । अरु पार्टीमा पनि झगडा हुन्छ तर त्योे झगडालाई कसरी समेट्ने कुनै बहस हुदैन । हामी बहस र विवादलाई समाधानसहित निष्कर्षमा पुराउ“छौ ।
कम्युनिष्ट पार्टी भनेको विपरीतहरुवीचको एकत्व हो । जुन पार्टीमा फरक मत राख्नेको अस्तित्व हुदैन त्यो पार्टी नभई भजनमण्डली जस्तो हुन्छ । माओवादी एउटा नेताको पार्टी होइन, नेताहरुको पार्टी हो । यहा छलफल÷विवाद÷बहस सबै हुन्छ । यसले पार्टीमा कमी कमजोरी हटाउदै रुपान्तरित हुन मदत गर्छ । नया ढंगको पार्टी बन्छ । पार्टीभित्र हुने बहस÷विवादलाई हामी सकारात्मक रुपमा लिन्छौं ।
तपाईहरुभित्र देखिने मतभेद व्यक्तित्ववीचको द्धन्द जस्तो देखिन्छ,खासगरी तपाई र बाबुराम भट्टराईवीच त्यो बाहिर देखिने गरी आएको छ नि ?
मतभेद भन्दा पनि विचारको बहस हो । पार्टीले देश र जनताप्रति प्रतिवद्ध भएर राजनीतिसंग जोडिएका प्रश्नहरुमा निर्णय लिनुपर्छ । त्यसक्रममा विभिन्न पार्टीका आ–आफ्नै धारणा छन् । अब बन्ने नेपालका लोकतन्त्रका बारेमा सबैको आफ्नै मोडल छ । कांग्रेसले संसदीय गणतन्त्रको कुरा गरेको छ । हामीभित्र पनि लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने बहस चलेको छ । मैले पुरानो तरिकाले जाद सकिदैन भन्ने धारणा राखेको हु“ । शान्तिप्रक्रियार नया“ संविधान लेख्ने विषयमा बहस र छलफल भएको हो । यो मतभेद होइन ।
त्यसो भए माओवादीभित्र फरक मतको नेतृत्व तपाईले गर्नुहुन्छ ?
हामी वीच फरक मत छ । खासगरी लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने बहस हो । छिटै बस्ने केन्द्रीय समिति र राष्ट्रिय भेलामा बहस गर्छौ ।
कम्युनिष्टहरु व्यक्तित्व टकराव का कारण फुटेका थुप्रै नजिर छन् । माओवादीमा यसको प्रभाव कतिको पर्छ ?
हामीले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देखेका छौ । साम्राज्यवादीशक्ति सधै मतभेद चर्काउने र विभाजित पार्ने षड्यन्त्रमा हुन्छन् । त्यो हिजो पनि थियो । आज पनि छ । भोलि पनि ती प्रयन्तहरु हुन्छन् । विचारका बहस गर्छौ व्यक्तिगत मतभेद छैन । एकता संघर्ष र रुपान्तरण हाम्रो मूल मन्त्र हो । अरु पार्टीले एकता संघर्ष र फुटको अभ्यास गरेका छन् । संघर्षबाट पार्टीमा एकता हुन्छ भन्ने हाम्रो ठम्याई हो । एकता संघर्या । नया आधारमा नया एकता गर्छौ । नया ढंगेको कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौ ।
पार्टीको नामको पछाडि पुुुुुुुुुुच्छर हटाउने÷नहटाउने विषयमा देखिएको मतभेद चाहि के हो ?
व्यक्तिगत रुपमा उहा र मेरोवीच त्यस्तो नराम्रो केही छैन । उहा पार्टीको सुयोग्य जिम्मेवार कमरेड हुनुहुन्छ । तर पार्टीभित्र चल्ने विचरको बहस र विवाद भनेको भिन्न कुरा हो । कम्युनिष्ट पार्टी एउटै थियो । पुच्छर पछि जोडिएका हुन् आफ्ने पहिचानका लागि जोडिएका हुन् । सबै कम्युनिष्टि पार्टी एकै ठाउ“मा आउछन् भने सुदुर भविष्यमा त्यो हुन नसक्ने होइन तर तत्काल हामी माओवादी हटाउने पक्षमा छैनौ ।
अध्यक्ष दाहालले पुच्छर हटाउने प्रस्ताव दुई वर्ष अघि गरेको किन बताउनुभएको ?
प्रस्ताव त गर्न सकिने भयो । तर अहिले परिवर्तन गर्ने भन्ने होइन ।
तपाईले भनेको जनगणतन्त्र कस्तो हो ?
पहिलो लोकतान्त्रिक गणतन्त्र वा पुरानो प्रकारको संसदीय गणतन्त्रमा अल्झिन चाहदैनौ यो पुरानो भैसकेको छ । असफल भैसकेको छ । कम्युनिष्ट पार्टीले विभिन्न ठाउमा जनवादको अभ्यास गर्दै आएका छन् । खासगरी रुस,चीन र पूर्वी यूरोपका राष्ट्रहरुमा । त्यसक्रममा केही कमीकमजोरी देखा परे । हामीले ती कमीकमजोरीलाई दोहोर्याउनु हुदैन । प्रतिपस्र्धा दलीय राख्ने । लेनिनले पनि रुसमा अभ्यास गर्नु भएको थियो । कम्युनिष्ट पार्टी मात्रै सत्तामा बस्ने अभ्यास भयो । चुनावमा हारेको अवस्थामा अर्को पार्टी पनि सत्तामा जानसक्ने व्यवस्था गर्ने सोच । हामीले भनेको जनगणतन्त्र यो हो ।
दोस्रो,जनविरोधी र साम्राज्यवादका दलाल,जनतालाई दुख दिने पार्टी अथवा व्यक्तिलाई निषेध गुर्नपर्छ । देश डुवाउने तर देशभक्त र प्रजातन्त्रवादीको दावी गर्नेलाई निषेध गर्ने हो । दलको स्पस्ट पहिचान गर्ने । जनविरोधीलाई स्थान नदिने । देशभक्त र प्रजातन्त्रवादी हुनुपर्छ ।
कम्युनिज्म नै त हो नि यो,हैन र ?
हामीले कम्युनिज्म चाहान्छौं । ढाट्ने कुरा भएन । तर कम्युनिज्म भन्ने वितिकै अतालिनपर्ने होइन । साचो अर्थमा मानवतावाद भनको कम्युनिज्म हो । त्यसमा वर्ग हुदैन । आदर्श समाजको परिकल्पना गरिएको हुन्छ ।
के त्यतैतिर जान खोजिएको हो ?
हाम्रो सिद्धान्त र गन्तव्य त त्यही हो । तर यसको अर्थ अहिले नै गइहाल्ने भन्ने होइन । अहिले देशभक्त जनवादी र वामपन्थी शक्ति मिलेर जानुपर्छ । सामन्तवादका विरुद्ध एक ढिक्का भएर जानुपर्छ । लोकतन्त्रका नाममा फेरि पनि गलत तत्वले ठाउ“ पाउने अवस्था हुनुभएन ।
जनताले माओवादी नेतृत्व सरकारबाट पनि निराश नै हुनुपरेको छ नि ?
यो माओवादीको एकलौटी सरकार होइन । हामीले चाहे अनुसारको काम गर्ने अवस्था छैन ।
बजेट र नीति तथा कार्यक्रम ल्यायौं । यसले केही नया अनूभूति भएको छ । पुरानोलाई भत्काएर नया“ निर्माणको कुरा हामीले गर्दै आएका छौ । पुरानै पुरानोको डंगुरमा छौ । पुरानो राख्नै पर्ने नया पनि बनाउन पर्ने । सापेक्षता र बाध्य्ताका वीचबाट हिडेनुपरेको छ ।
कांग्रेसलाई बाहिर राखेर सेना समायोजन प्रक्रिया अघि बढ्छ ?
यो संवेदनशील कुरा हो । यसमा अनावश्यक बहस भएको छ । विशेष समितिको निर्माणको कुरा भएको छ । हामी कांग्रेससंग पटक पटक छलफल गरेका छौ । वहा“हरुले समितिको संयोजक नबस्न आग्रह गर्नुभयो । हामी बसेनौ त्यसपछि फेरि दुई सदस्इ मागरे कांग्रेसले विवाद निकालेको छ । कमसेकम शान्ति तथा पुननिर्माण मन्त्रालयले सदस्य त बस्न पाउनुपर्छ भन्ने हाम्रँे भनाई हो ।
पहिले आफू सत्तामा हु“दा दुई सदस्य विशेष समिति रहनसक्ने तर अहिले नमान्ने भन्ने कांग्रेसको तर्क गलत छ । कसरी जाने भन्ने विषयमा कांग्रेससंग फेरि पनि छलफल गर्छौ ।
माओवादीले पञ्चायति पृष्ठभूमिका व्यक्तिहरुको साथ लिन थालेको छ नि ?
परिवर्तित परिस्थितिमा राजाको नेतृत्वमा रहेका मान्छेहरु सबै गलत भन्न मिल्दैन । उनीहरु प्रजातन्त्रवादी र देशभक्त हुनसक्छन् । हिजो एमाले र कांग्रेसले पञ्चायत पृष्ठभूमिका मान्छेसंग गला मिलाएर सरकारमा बस्दा प्रश्न नउठ्ने तर माओवादी देशभक्त पृष्ठभूमिका मान्छेसंग सामिप्यता बढाउदा प्रश्न उठाउनु तर्क संगत होइन ।
माओवादीसंगको जनताको अपेक्षा अलि फरक हो कि ?
हिजो राजाको शासनका बेला कोही मान्छे त्यता गएहोलान् । यो परिवर्तित सन्दर्भ हो । हिजोका पञ्चायतका मान्छे आज माओवादीसंग काधमा काध मिलाउन तयार छ भने, गणतन्त्रबादी र देशभक्त छ भने र वामपन्थीसंग मिलेर काम गर्छ भने हामी पूर्वाग्रही हुनुपर्ने कारण छैन । हिजो पञ्चायतकालमा मण्डले राष्ट्रवाद थियोे । अहिले हामीले नया“ राष्ट्रवाद नारा अघि सारेका छौं । देशभक्त भावना भएकाहरु नया“ राष्ट्रवादमा आउछन् भने आउन सक्ने भए ।