Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rishi-companion domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rishi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6131

Warning: Cannot modify header information - headers already sent by (output started at /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php:6131) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/feed-rss2.php on line 8
समीक्षा – Pratipakshya https://pratipakshya.com Just another WordPress site Sat, 25 Nov 2023 11:28:07 +0000 en-US hourly 1 संक्रमणकालीन सामयिकी https://pratipakshya.com/2023/825.html https://pratipakshya.com/2023/825.html#respond Sat, 25 Nov 2023 11:28:07 +0000 https://pratipakshya.com/?p=825 दुई वर्ष अघि ‘छापामारको छोरो’ कथा संग्रहका लागि मदन पुरस्कारबाट सम्मानित भएपछि कथाकार महेशविक्रम शाहलाई एकजना सञ्चारकर्मीले सोधेछन्–‘द्धन्दकालका विषयमा कथा लेखेर यत्रो पुरस्कार हात पार्नुभो । के अब शान्तिका कथा लेख्नुहुन्छ ?’जवाफमा शाहले ‘अब संक्रमणकालका कथा लेख्ने’ योजना सुनाएका रहेछन् । संक्रमणकाल नसकिदै उनको त्यो योजना फलिभूत भएको छ । हो, हालसालै निस्किएको उनको ‘काठमाडौंमा कामरेड’ कथा संग्रह त्यही योजनाको साकार रुप हो । 

माओवादी द्धन्द पश्चात शुरु भएको शान्ति प्रक्रिया अन्तिम टुङ्गोमा नपुगेको अवस्था र मुलुक नया“ थितिमा जाने भनिएपनि त्यसको पूर्ण अभ्यास शुरु नभइसकेको यो अवधि संक्रमणकाल हो । संविधानसभाबाट नया“ संविधान निर्माण भई हाल घोषित संघीय लोकतान्त्रिक गणतन्त्रको व्यावाहारिक अभ्यास शुरु नहुञ्जेल जनसाधारणले यस अवधिलाई यसरी नै बुझ्नेछन् । अर्थात् मुलुकमा संक्रमणकाल सकिएको छैन । जारी संक्रमणकालीन परिवेश र घटनाक्रमलाई उन्दै÷बुन्दै शाहले यो कथा संग्रह तयार पारेका छन् । एक हिसाबले यो शान्ति प्रक्रियाका जटिलता र संक्रमणकालीन परिवेशको पुलिन्दा हो । 

कथाका सन्दर्भ,पात्र,घटना,दृश्य नौला छैनन् । उनले जनसाधारणले दिनदिनै देखेभोगेका विषयवस्तुलाई चस्स छुनेगरी कथामा उतारेका छन् । यस अर्थमा यो समसामयिक छ । दश वर्ष सशस्त्र युद्धको नेतृत्व गरेको माओवादीको शान्तिपूर्ण अवतरणपछि जनसाधारणको आशा÷अपेक्षा विपरीत बढेको अराजकता र सत्तामुखी चरित्रप्रति लेखकले घोर असहमति जनाएका छन् । मुख्यत दीर्घकालीन शान्ति प्रक्रियाको क्रममा भइरहेको राजनीतिक रुपान्तरणको अभ्यास र यसमा आइपरेका चुनौतीलाई कथामा समेटिएका छन् । खासगरी द्धन्दपछि राजनीतिक शक्तिको रुपमा उदाएको माओवादीभित्र यसक्रममा देखापरेका विसंगति र समस्याहरुलाई तिखो प्रहार गरिएको छ । माओवादी छापामार,तल्लो तहको कार्यकर्तादेखि मन्त्री बनेका नेतासम्म कथाका पात्र बनेका छन् । माओवादी नेतृत्वमा शान्ति र सत्ता अभ्यासका क्रममा बदलिएको जीवनशैली,नेता–कार्यकर्तावीचको बढ्दो दूरी र तिनमा पलाउदो असुरक्षा भावलाई कथाकारले महसुस गरेका छन् । 

‘काठमाडौमा कामरेड’ कथामा प्रतिनिधि पात्र अर्थात् राजधानीका सडकमा चन्दा असुल्दै हिड्ने पूर्ब छापामारको असुरक्षित मनोदशाको गहिराई नाप्ने कोसिस गरिएको छ । बन्दुकसहित हिड्नुभन्दा बन्दुकविहीन हु“दा प्राप्त हुने पूर्व छापामारको आनन्दभावलाई प्रतिकात्मक शैलीमा प्रस्तुत गरिएको छ । बन्दुकको दम्भप्रति तिखो वा“ण हान्दै बन्दुकविहीन कानूनी राजको वकालत कथामा गरिएको छ । ‘कामरेड अब ती दिन पुराना भए’ कथामा शहर पसेका माओवादी नेताहरुमा खिइदै गएको ‘क्रान्तिकारीता’ र बद्लिएको रवाफी जीवनलाई व्यङ्ग्य गरिएको छ । समसामयिक राजनीति र सामाजिक परिवेशमा अटेर बुनिएका उनका कथाहरु मूलत राजनीतिक नेतृत्वको चरित्रमाथि प्रश्न गरेको छ । माओवादी नेतृत्व मात्रै होइन, सत्ताप्राप्तिको छिनाझप्टीमा लागिपरेका अरु ठूला दल र ती दलका नेतामा हुर्कदो प्रवृत्तिमाथि प्रहार गरिएको छ । ‘नया“ राजाहरु’ कथा त्यस्तै विषवस्तुमा लेखिएको छ । सहमति र सहकार्यको राजनीति गर्ने प्रतिवद्धता जाहेर गरेका ठूला दलवीचको अन्तद्र्धन्द बडो मिठो र पठनीय शैलीमा पस्किएको छ । संघीयताका नाममा पृथ्वीनाराण शाहले एकीकरण गरेको राज्य टुक्राउदै दलका नेताहरु आफूलाई नया“ राजा बनाउने होडमा  लागिपरेकामा कथाकारले असन्तुष्टी पोखेका छन् । 

‘छिमेकीको छाता र छाडा छोराहरु’ कथामा दलहरुको निरीहपनलाई उजागर गरिएको छ । अझ छिमेकी शक्तिको को सबैभन्दा ठूलो पुजारी हुने होड चलेकोमा लेखक दिक्दार छन् । सत्ताबाहिर हु“दा छिमेक विरुद्ध विद्रोह ओकल्ने नवोदित दल झन् लम्पसार परेकोमा उनको दिक्दारी बढेको छ । ‘हराएको देश खोज्दै जा“दा’ वा ‘गुलाव सिंह बन्यो विस्फोट सिंह’लगायतका कथामा पनि परिवेश र पात्र फरक भएपनि विकसित भैरहेको सत्ताकेन्द्रित राजनीति र राजनीतिमा बढ्दो अपराधीकरणमाथि असहमति जनाइएको छ । सडकमा बढ्दो अराजकता र मनलागीतन्त्रका कारण निर्दोष नागरिकले अनाहकमा व्याहोर्नुपरेका पीडालाई ‘उ एक पात्र लोकतन्त्रको’ मा उतारिएको छ । 

कथामा उनको पुलिस पेशाको कुनै आग्रह मिसिएको छैन । तर जागिर खा“दाका क्रममा भेटिएका दृश्य र पात्रहरुलाई उनले राम्रैसंग कथामा उपयोग गरेका छन् ।‘रोजर सेन्ड ओभर’ उनको जागिरको एउटा अंश हो । त्यस दौरानमा एउटा प्रहरी अधिकृतले खेप्नुपरेका मानसिक दवाबलाई उनले यस कथामा दर्शाएको छन् । माओवादी द्धन्लकालमा रोल्पामा कार्यरत यी पुलिस अधिकृत त्यसपछि उपत्यका प्रहरी कार्यालयको चोरी शाखाका प्रमुख थिए । चोरी शाखामा काम गर्न दैनिक उठबस चोरहरुसंग हुनु स्वाभाविक थियो । चोरहरुको संगतको फल उनले ‘पुतली चोर कथा लेखेका छन् । राजधानीको कुनै सुकुम्बासी टोलका केही चोरहरु मिलेर घर फोर्छन् तर एकले अर्कालाई पुलिसको फन्दामा पार्ने अभिष्ट सबैको हुन्छ । त्यसको कारक हुन्छे – कथाकी शीर्षक पात्र पुतली । कथामा नारी मनोविज्ञान र विवसता दर्शाइएको छ । 

उनका ‘उ पनि काठमाण्डू’ र ‘मापूतोकी मेरी’ कथामा पनि नारी संवेदना र मनोदशा छ । राजधानीको महिला होस्टलकी एक छात्रा होस् अथवा मोजाम्विकको मापुतोकी मेरी अथवा सुकुम्बासी टोलकी पुतली हुन्,यी फरक परिवेश र पृष्ठभूमिका नारीहरुको मनोविश्लेषण र विवसतालाई लेखक उजागर गर्न सफल भएका छन् । ‘उ,म र बन्डाई विच’ यी कथा भन्दा फरक दृश्य र विषयवस्तुमा लेखिएको छ । कमाउन विदेशिने वाध्यता, विदेशी भूमिका पलायत भैसकेपछि त्यहा“ दोस्रो दर्जाको नागरिक हुुनुपर्दाको पीडा र त्यो परिवेशमा देशप्रति जाग्ने भावनालाई अत्यन्त सरस किसिमले लेखिएको यो कथाले आप्रवासी जीवन विताइरहेका नेपालीको मनोदशा राम्रैसित झल्काएको छ । उन्नाइस वटा कथा समेटेर प्रकाशित शाहको पा“चौ कृति ‘काठमाडौंमा कामरेड’ का अरु कथा पनि उत्तिकै पठनीय र मर्मबोध गर्ने खालका छन् । यसअघि उनका सटाहा,सिपाहीकी स्वास्नी,छपामारको छोरो र अफ्रिकन अमिगो  कथा संग्रहहरु प्रकाशित भैसकेका छन् ।कथा लेखनमा स्थापित नाम शाहको लेखनमाथि समालोचक÷लेखकहरुले प्रंससाको पुल बा“धेका छन् । बरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेले त ‘महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युद्ध हाक्लान जस्तो लाग्छ’ भनेका छन् । शाहका कथाले गोठालेले भनेझै युद्ध हा“क्ने हुन्÷होइनन्,त्यो भन्न त अफ्ठयारो छ तर ‘काठमाडांैंमा कामरेड’ पढेपछि समसामयिक विषयवस्तुका प्रखर कथा शिल्पी हुन् भन्न सायद कुनै कन्जुस्याईं गर्नु पर्नेछैन् ।

]]>
https://pratipakshya.com/2023/825.html/feed 0
माधवी ओ माधवी  – यात्रा, निजत्व र दर्शनको त्रिबेणी https://pratipakshya.com/2023/817.html https://pratipakshya.com/2023/817.html#respond Sat, 25 Nov 2023 07:13:46 +0000 https://pratipakshya.com/?p=817 जब एउटा स्रस्टा निस्फिक्री पोखिन्छ, तब न कृतिले न्याय पाउ“छ । आफूलाई समेत नढा“टी इमान्दार व्यक्त हुन सक्नु नै एउटा कुसल स्रस्टाको परिचय हो । ढा“टको पर्खाल खडा गरेर कुनै अव्बल रचनाकर्म जन्मदैन भन्ने लेखक केशब दाहाल भलिभा“ती जान्दछन् ।  त्यसैले त उनी बेहिसाब पोखिएका छन्, आफ्नो नया“ कृति ‘माधवी ओ माधवी’ मा । 

विधाका हिसबाले ‘माधवी ओ माधवी’ निबन्ध संग्रह हो । निबन्धको शाव्दिक अर्थ हो, कुनै निश्चित विषयलाई विशेष प्रकारले बा“ध्नु । तर, दाहाल यो कृतिमा कतै बा“धिएका छैनन्, उन्मुक्त पोखिएका छन् । त्यसलै उनी यसलाई निबन्ध संग्रह नभनी ‘निर्बन्ध लेखन’ भन्न रुचाउ“छन् । भन्छन्, ‘माधवी ओ माधवी मेरो निर्बन्ध लेखन हो । निर्बन्ध भनेको बन्धनरहित । यो किताब पढेर पाठक, आफन्त, मेरा परिवारले के भन्लान्, मैले यति खुल्न हुन्छ कि हुदैन, राजनीतिप्रति टिप्पणी गर्दा मैले बनाउन चाहेको पार्टी या दलका नेताले के भन्लान् भन्ने नसोची मनमा जे छ, त्यो कुरा लेखेकाले यसलाई निर्बन्ध भनेको हु“ ।’ (हिमाल खबर डटकम)

अखबारी लेखनमा जमेका दाहालको ‘प्रमोशन’ भएको छ । अब उनी लेखक÷स्रस्टा सूचिमा उक्लिएका छन् । तिखा राजनीतिक विश्लेषण मार्फत चिनिएका दाहाल आशलाग्दा आख्यानकारमा दर्ज भएका छन् । 

‘माधवी ओ माधवी’ उनको तेस्रो कृति हो । यसअघि उनका दुई कृति ‘नेपाली राजनीतिको पुनर्गठन’ (गैरआख्यान) र ‘मोक्षभूमि’ (आख्यान) प्रकाशित भइसकेको छ । अखबारी लेखनमा उनी मुलतः राजनीतिक विषयमाथि विमर्स छेड्छन् । दलीय अभ्यासका संस्कृति÷विकृति उधिन्छन् । राजनीतिक दर्शन, सिद्धान्त र व्यावहारका पाटाहरु केलाउ“छन् । दलहरुमा हुर्कदो अलोकतान्त्रिक चरित्रले उनलाई पिरोल्छ । उनको त्यही पीर अखवारी लेखनमा व्यक्त हुन्छ । त्यसैको परिस्कृत बयान उनले आफ्नो पहिलो पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’ गरेका छन् । 

खासमा दाहाल राजनीतिक अभियन्ता हुन् । उनी बैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा छन् । राजनीतिको ‘कखरा’ नेकपा एमालेको स्कुलबाट सिकेर हुर्केका दाहाल झण्डै दशक यता बैकल्पिक राजनीतिक शक्तिको खा“चो महसुस गर्दे त्यता हेलिए । 

शुरुमा पूर्व माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘नया“ शक्ति’ मा आवद्ध भए । ‘नया“ शक्ति’ को भारी भट्टराईले बोक्न नसक्ने देखेपछि उनी ‘विवेकशील साझा’ तिर सरे । ‘विवेकशील साझा’ पनि छिन्नभिन्न भएपछि दाहालको बैकल्पिक राजनीतिको अभियान सुस्ताएको छ । तथापि उनको लेखन क्रियाशीलता बढेको छ । 

राजनीतिक अभियन्ताका रुपमा दाहालको यात्रा कति सफल रह्यो ? कति रचनात्मक रह्यो वा कति अस्थिर ? यो बेग्लै विमर्सको विषय होला । यो समीक्षा त्यता केन्द्रित छैन । उनको लेखकीय पक्ष र नया“ कृतिमा केन्द्रित छ । 

साहित्य लेखनमा दाहालको आगमन शानदार देखिएको छ ।  जब उनी ‘मोक्षभूमि’ लिएर पाठक सामु आए, उनी नया“ अवतारमा उदाए । राजनीतिक अभियन्ता र अखबारी लेखकको पृष्ठभूमिका दाहालले ‘नेपाली राजनीतिको पुनर्गठन’ लेख्नु उनको परिधिभित्रकै कर्म थियो । तर, जब उनले खस साम्राज्यको आख्यान ‘मोक्षभूमि’ लेखे, त्यसले उनलाई बेग्लै श्रेणीको शब्द सिल्पीका रुपमा दर्ज गरायो । 

सायद त्यसैले उनी उत्साहित छन् र लेखन कर्ममै बढि क्रियाशील छन् । उनी भन्छन्, ‘हाम्रो साहित्यमा इतिहासका कथा लेखिएकै छैन । हामी लिच्छवी, किरा“त, मल्लकालका बैभवका इतिहास त पढ्छौं तर ती कालखण्डमा आख्यान पढ्न पाउदैनौं । किनकि ती लेखिएकै छैनन् ।’ 

दाहाल इतिहासको उत्खनन आख्यान मार्फत् गर्ने अभियानमा छन् । लिच्छिवीकालीन ऐतिहासिक पृष्ठभूमिमा आख्यान लेख्ने तयारीमा जुटेका उनले एक दिन कुरै कुरामा भने, मोक्षभूमिपछि अर्को कृति ल्याउन केही लामै समय लाग्ने देखेपछि ‘फिलर’ होस् भनेर ‘माधवी ओ माधवी’ लेखें । तर, यो सामान्य ‘फिलर’ होइन, एउटा गहकिलो र पठनीय कृति बनेको छ । 

यो कृतिका अनेक विशेषता छन् । मूलत ः यहा“ तीन मुख्य विशेषताको चर्चा गरिनेछ । 

यो पुस्तकको पहिलो विशेषता हो, निजात्मक लेखन । ‘माधवी ओ माधवी’ दाहालले आ“शुको मसीले लेखेको निजात्मक कथा हो । त्यसो त लेखक मृत्यूको कथा लेख्न आफूसंग आ“शुको मसी छैन भन्छन् । तर, उनको लेखनीमा जही–त्यही आ“शु छचल्किन्छ । वेपत्ता दाजुको वियोगमा उनी यतिधेरै बेचैन छन्, पुस्तकका पाना–पानामा उनका छटपटाहट व्यक्त हुन्छन् । कम्युनिष्ट कार्यकर्ता दाजु उनका आदर्श हुन् । दाजु हराउ“दा त्यसले घरमा जे जस्तो विपद् र व्यथा बढायो, त्यो पीडाको वृत्तान्त, त्यो बज्रपात वास्तवमै मर्मस्पर्शी छ । 

दाहालले आफ्नै कथा÷व्यथा लेखेका छन् । दाजु बेपत्ता, बसाई–सराई, पिताको देहान्त, आमाको अल्जाइमर्स र वियोग आदि जीवनका उकाली ओराली अनि सुस्केराहरु उनका भोगाई हुन् । र, ती भोगाई, ती कथा÷व्यथा नेपाली समाजका ऐना पनि हुन् । आफ्ना परिवेश मार्फत उनले समाजका कथा भनेका छन् । आत्मकथा झै लाग्ने उनका कथा÷वेदनाले पहाडी जनजीवनसंग साक्षात्कार गराउ“छ । सन्दर्भहरुमा लेखकको निजत्व भएपनि खासमा उनले रुढि र परम्परामा थिचिएको नेपाली समाजको तस्वीर खिचेका छन् । 

दोस्रो विशेषता हो, यात्रा साहित्य । कुनै पनि भ्रमण साहित्य सिर्जनाको एउटा बलियो स्रोत हो । दाहालले पनि आफूले घुमेका ठाउ“, देश÷विदेशका यात्रा वृत्तान्तलाई यो पुस्तकको अर्को मुख्य स्रोत बनाएका छन् । तर, स्वादिलो कुरा के छ भने, यात्रा संस्मरणका नाममा  ती वृत्तान्तमा घुमाईका विवरणहरुको फेहरिस्त छैन । यात्रा साहित्यको नौलो स्वाद पस्किएका छन्, उनले । 

जहा“ यात्रा गर्छन्, त्यहा“को ऐतिहासिकता र तथ्यमा आधारित भएर कैयन विमर्स गरेका छन्, उनले । जस्तो, डेनमार्कको कोपनहेगनबाट जर्मनीको बर्लिन घुम्दा उनले शहरको बखान कम, कार्ल माक्र्सको बयान धेरै गरेका छन् । उनका यात्रा वृत्तान्तमा राजनीतिक दर्शन हुन्छ, ती दर्शनहरुमाथि गहिरो विवेचना र प्रश्नहरु हुन्छ । 

बर्लिनका सडक घुम्दा उनले एउटा ‘डमी माक्र्स’ भेट्छन्, जो जिविकाका लागि माक्र्सको जस्तै दाह्री पालेर पर्यटकसंग फोटो खिचाइ बस्छन् । प“ुजीवादी पश्चिमा शहरमा माक्र्सको विक्री भएको देखेर उनी आफ्नै देश सम्झन्छन्, जहा“ कार्यालयका भित्तामा माक्र्सको फोटो टा“सेर राजनीतिको व्यापार चलेको छ । लेख्छन्, ‘माक्र्सका नाममा आज संसार भर व्यापार छ । कतै राजनीति वेचिन्छ, कतै सपना । कतै झण्डा बेचिन्छन्, कतै फोटो ।’ ( पृ. ८२ )

कम्बोडियाको नोम्पेन्ह शहरको किलिङ फिल्ड (मानव बधशाला) पुग्दा लेखकलाई पोलपोटको क्रुरताले क्रुद्ध पार्छ । कुनै बखत खा“टी कम्युनिष्ट कार्यकर्ता दाहाल चीनका माओको सांस्कृतिक क्रान्तिका कथा पढेर कम्युनिष्ट भएका थिए । होचि मिन्हले अमेरिकी साम्राज्यवाद विरुद्ध प्रतिरोध गरेको संघर्षको कथाबाट प्रेरित भएर कम्युनिष्ट भएका थिए । उनले जे पढेका थिए वा जे पढाइएको थियो, त्यो भन्दा भिन्न अवस्था देखेर उनी क्रुद्ध हुन्छन् । मानव बधशालाको भ्रमण लेखकसंगै गर्दा दिगमिग हुन्छ र एउटा अपार घृणा जाग्छ । अनि लेखककै हारमा उभिएर प्रश्न गर्न मनलाग्छ, ‘राजनीति र सत्ताका नाममा निर्दोष मासिनहरु कहिलेसम्म बलिवेदीमा चढिरहने ?’

पोलपोटको क्रुरताले घायल लेखक लाल विद्रोहको केन्द्र नक्सलबाडी पुगेर क्रान्तिका सपनाको हिसाब किताब गर्न खोज्छन् । नक्सालबाडी पुगेर चारु मजुमदारलाई खोज्छन् तर न कानु सन्याल भेटिन्छन् र मजुमदार । 

पश्चिम बंगालको नक्सलाइट आन्दोलनका क्रममा कयौं बालबालिका र निर्दोष महिला मारिए । नक्सलाईटहरु वीचको आपसी विभाजनले यो आन्दोलन कमजोर भयो । दाहालले नक्सालबाडी पुगेरै, केही दिन अध्ययन गरेर यो आन्दोलनको उत्थान र ओरालो यात्रा पुस्तकमा समेटेका छन् । उनी जहा“ पुग्छन्, आन्दोलन र बलिदानको अर्थ खोज्छन् । चाहे कम्बोडिया पुगुन् वा नक्सालबाडी, सपनाको मृत्यू भएकोमा उनी द्रविभुत छन् । सोध्छन्, ‘इतिहास बनाउन हिडेका मान्छे समयको मरुभूमिमा कता पुरिए ? क्रान्तिको बलिवेदीमा चढेका ती मान्छे र उनका सपना आज किन गुमनाम छन् ?’( पृ. ७६ )

राजनीतिक दर्शन, कम्युनिष्ट राजनीतिका विसंगतिका बहस छेडिरहेका लेखक पुस्तकको अन्त्यमा आएर काल्पनिक प्रेमको उडान भर्छन् । यो उनको पुस्तकको तेस्रो विशेषता हो । खासमा पुस्तकको शीर्षकले न्याय अन्तिम निबन्धबाट मात्रै पाउ“छ । पुस्तकको मुख्य हिस्सामा राजनीतिक दर्शन, समाज र निजात्मक भोगाई छन् । ‘माधवी’संगको अलौकिक प्रेमगाथा पढ्न पुस्तकको पुछारमै पुग्नुपर्छ ।  

त्यसो त लेखक किर्गिस्तानको राजधानी विस्केकमा भेटिएका एउटी चञ्चले युवतिसंग मस्किन्छन् । इसाकुलमा भेटिएकी इबेलालाई ‘प्रेम’ गर्छन । विभिन्न निबन्धहरुमा पुरुष यौन मनोविज्ञान झल्किएका सन्दर्भहरु नभएका होइनन् तर मूल रुपमा लेखकको प्रेमिल रुप र यौन मनोविज्ञान उजागर ‘ओ माधवी ओ’ निबन्धमै भएको छ । 

‘माधवी’ मदनमणि दिक्षितको चर्चित उपन्यास हो । महाभारतको उत्तर पर्वमा भएको गालब र माधवीको कथालाई दिक्षितले आख्यानको रुपमा दिएका छन् । माधवी त्यही उपन्यासकी केन्द्रिय पात्र  हुन् । माधवी लेख्दा दिक्षित यति डुबेका थिए कि, उनी आफ्नै आख्यानकी पात्रसंग प्रेममा परेका थिए । उनी निद्रामै बर्बराउथे रे । माधवी…माधवी.. भनेर सपनामै ऐठन हुन्थ्यो रे दिक्षितलाई । 

तिनै माधवीसंग दाहाल पनि प्रेममा परेछन् । यस्तो अलौकिक प्रेम जहा“ एउटा निरीह प्रेमीको वेचैनी छ, समर्पण छ र आशक्ति पनि छ । दाहालले माधवीको प्रेम मार्फत एउटा पुरुषको प्रेमभाव र यौन मनोविज्ञान दर्शाएका छन् । सपनामा माधवीसंग रोमान्स र सयेर गरेका दाहालको अलौकिक प्रेममा भोगाईको मात्रा के–कति छ ? त्यो उनै जानुन् । यति चाहि भन्न सकिन्छ, सिर्जनालाई न्याय गर्ने इमान्दार प्रयत्न उनले गरेका छन् । अखबारमा प्रकाशित लेखमा प्रयोग भइसकेका कतिपय सूचना र सन्दर्भ दोहोरिंदा चाहिं कहीं कहीं खट्किन्छ । अन्यथा किताब पब्लिसर्सले प्रकाशित गरेको यो पुस्तकमा भएका २३ निबन्ध कथा पढेजस्तो सलल बग्छन् । सरल भाषा लेखिएको आख्यान जस्तो लाग्छ । 

]]>
https://pratipakshya.com/2023/817.html/feed 0