rishi-companion domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6131rishi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6131पहिलो, यसले भारत–पाकिस्तानबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाउन सक्छ । दोस्रो, ‘आतंकवादविरुद्धको अभियान’ झन् कडा रूपमा आउन सक्छ । भारतलाई यस अभियानका लागि अन्तर्राष्ट्रिय सहयोग र समर्थन बढ्ने छ । तेस्रो, भारत, पाकिस्तान र अफगानिस्तानमा हुने सीमापार आतंकवादी गतिविधि नियन्त्रण गर्ने क्षमता ती देशका सरकारस“ग नभएको देखिन्छ । लस्कर–ए–तोइबाको जस्तो क्रियाकलाप देखिएको छ, त्यो घट्लाजस्तो लाग्दैन । चौथो, भारतभित्रै विद्रोही समूहहरूको गतिविधि बढिरहेको छ । पहिलेदेखि चलिरहेको कास्मिर तनाव, माओवादी गतिविधि र अरू द्वन्द्वहरूविरुद्ध भारतले गरेका ‘काउन्टर–इन्सर्जेन्सी अपरेसन’ सफल भएका देखि“दैनन् । यसको अर्थ दक्षिण एसियामा ‘नन स्टेट एक्टर्स’ को गतिविधि बेपत्ता मात्रामा बढ्न सक्छ ।
अहिलेसम्म भारत सरकारको ‘रेस्पोन्स’ के रहेको छ भने पहिलेको जस्तै ‘पोटा’ विधेयक (आतंकवाद नियन्त्रणसम्बन्धी कानुन) ल्याउने र अमेरिकाको एफबीआईजस्तै सेन्ट्रल इन्भेस्टिगेसन एजेन्सी खडा गर्ने । पहिलेको अनुभवले के देखाउ“छ भने पोटाले काम गरेको छैन । यसको प्रभावकारिता छैन । यसले आतंकवाद नियन्त्रणभन्दा पनि जनअधिकारमा असर पार्छ ।
विदेशनीति भनेकै आफ्नो राष्ट्रिय सुरक्षा स्वार्थ पूरा गर्नका लागि हो । त्यसलाई कति प्राथमिकतामा राख्ने वा नराख्ने, त्यो अर्को कुरा हो । भारतका निम्ति ‘क्रसबोर्डर सेक्युरिटी’ मुख्य चासो हो जहिले पनि । पाकिस्तानसग यही कुरामा उसको विवाद परिरहन्छ । बंगलादेशस“गको सीमामा का“डेतार राखेको छ अहिले । नेपालमा चाहिं पाकिस्तानको ‘आईएसआई’ को चलखेल छ भन्ने दाबी गर्छ ।
दक्षिण एसियाका कुनै पनि मुलुकमा केही समस्या भएमा छोटो समयका लागि भारतलाई फाइदा होला तर दीर्घकालीन हिसाबले फाइदा हु“दैन किनभने भारत आफैं विभिन्न किसिमको द्वन्द्वमा फसिरहेको छ । त्यसैले उसले यो क्ष्ँेत्रमा स्थायित्व र स्थिरतामा जोड दिनुपर्छ ।
खुला सिमानाले गर्दाखेरि भारत–पाकिस्तानका घटनामा कहिलेकाहीं हामी पनि मुछिने गर्छौं । पाकिस्तानीले नेपालको खुला सीमा प्रयोग गरेर नक्कली मुद्रा अपचलनदेखि विभिन्न गतिविधि गर्ने गरेको भन्ने भारतको दाबी छ । नेपालीको भनाइ के छ भने सीमा एकातिर मात्रै होइन, दुवैतिर खुला हो । खुला सीमाबाट उब्जन सक्ने खतरा नेपाललाई पनि छ ।
अन्तर्राष्ट्रिय रूपमा उठेको आतंकवादस“ग कसरी लड्ने भन्ने स्पष्टता हामीस“ग छैन । धेरै समस्या छ ‘सर्ट आउट’ गर्नुपर्ने । हाम्रो शब्दकोशमा त आतंकवाद भनेको के हो भन्नेसमेत छैन ।
देशको परिस्थितिका कारण । यदि हामी (माओवादी द्वन्द्वको) सैन्य समाधानमा गएको भए अर्कै परिदृश्य हुन्थ्यो होला । यस दृष्टिले अपवादको केस हो नेपालको । यहा“ विद्रोही समूह नै सरकारमा पुगेका छन् तर अहिले राजनीतिक सहमति भत्किएको अवस्था छ । अनिश्चितता र स्पष्टताको अभाव छ । त्यसैले आतंकवादबारे प्रस्ट हुन नसकेको हो ।
अमेरिकाले इराकबाट हस्तक्षेप गर्दा सुरुमा जेजति लोकप्रियता कमाएको थियो पछि त्यहा“ र अन्यत्र बिस्तारै अमेरिकाविरोधी लहर चल्न थाल्यो । अहिले भारतस“ग अमेरिकाको एकखाले रणनीतिक साझेदारी कायम भएको छ । यहा“ पनि इराकमा जस्तै प्रतिक्रिया निस्क्यो भने त्यो धेरै खतरनाक हुन्छ ।
आतंकवाद नियन्त्रण गर्दा हुने अनावश्यक क्षतिलाई ‘कोल्याटेरल ड्यामेज’ भन्ने गरिन्छ । हामीकहा“ पनि विगतमा सरकारले माओवादी तह लगाउन पुलिस पठाउ“दा नचाहिने काम भएपछि उल्टै पुलिसप्रति जनताको रिस बढेको थियो । यस्तो स्थिति जहा“ पनि आउन सक्छ । त्यसकारण दक्षिण एसियामा अमेरिकाको रणनीतिक प्रवेशलाई सम्बन्धित सरकारहरूले कसरी ‘डिल’ गर्छन्, त्यसैमा धेरै कुरा निर्भर रहन्छ ।
अल–काइदाको ‘बेस’ अफगानस्तान भएकाले अमेरिकाको दक्षिण एसियामा मुख्य ध्यान गएको छ । न्युक्लियर मिसाइल पाकिस्तान र भारतमा पनि भएकाले झन् चासो छ । मुम्बई हमलालगत्तै (अमेरिकी विदेशमन्त्री) कोन्डालिजा राइस भारत र पाकिस्तानको भ्रमणमा आउनुले पनि उनीहरूको प्राथमिकता झल्कन्छ ।
चीनले अन्तरिक्षमा मान्छे पठाइरहेको छ । यो पनि शक्तिको एउटा ‘प्रोजेक्सन’ हो । भारतले पनि चन्द्रमामा यान पु¥यायो । यो पनि एउटा प्रतिस्पर्धै हो तर भारतीयहरूले नै भन्छन्– प्रविधि र व्यापारमा भारतभन्दा चीन पुस्तौं पछाडि छ । चीन त ‘ग्लोबल पावर’ का रूपमा उदाइरहेको छ । अहिलेको आर्थिक मन्दीकै सन्दर्भमा हेरौं न, चीनले अमेरिकीलाई नै ऋण दिएको छ । चीन विगतको सोभियत संघजस्तो कम्युनिज्म निर्यात गर्ने काममा लागेको छैन, विश्वभरि आफ्नै आर्थिक साम्राज्य फैलाइरहेको छ । भारतले पनि अर्थतन्त्रलाई मजबुत पार्न खोज्दै छ । यी दुई राष्ट्रमा हुने आर्थिक वृद्धिबाट सबैले फाइदा लिन सकिन्छ । हाम्रो दुर्भाग्य, हामीले त्यो फाइदा देख्नै सकेका छैनांै ।
उदाहरणका रूपमा भन्दा हामी नेपालीले जाडामा न्यानो ज्याकेट पाएका छौं । सस्तो जुत्ता, रेडियो पाएका छौं । भारतीय बाइक, गाडी सस्तोमा पाइएको छ तर यतिले मात्र पुग्दैन, हामीले द्विदेशीय व्यापारमा जोड दिनुपर्छ । भारतको टायर कम्पनी ‘सिएट’ ले श्रीलंकामा प्लान्ट राखेको छ । टाटा ग्रुप बंगलादेशमा ३.२ बिलियन डलरको ग्यास पाइपलाइनमा काम गर्न खोज्दै छ । नेपालमा यस्तो हुन सकेको छैन । हाम्रो आफ्नै राजनीतिक कारणले गर्दा हामीले बाहिर हेर्न भ्याएका छैनौं ।
ठाउ“ दिएपछि फाइदा लिन्छन् नै । हामीले आफैं ढोका खोलिदिएपछि त जो पनि छिर्छ नि ∕ कुनै मुलुक अस्तव्यस्त भयो, आफ्नै नागरिकको सुरक्षा गर्न सकेन भने ‘फेल्ड स्टेट’ घोषणा गरेर ‘राइट टु प्रोटेक्ट’ अन्तर्गत हस्तक्षेप गर्ने अवधारणा अहिले विश्वमा छ । हालै रूसले जर्जियामा राइट टु प्रोटेक्टकै नाममा हस्तक्षेप गरेको हो । इन्डियाबाट राइट टु प्रोटेक्ट लागू भयो भने हाम्रो हालत के हुन्छ ? भारतको गतिविधि बढेपछि चीन पनि चुप लाग्दैन । त्यसैले स्थिति निकै गम्भीर छ ।
इतिहास हेर्ने हो भने २००७ सालपछि भारतले सन् १९५० को शान्ति तथा मैत्री सन्धि गरायो । ०१७ सालको घटनापछि १८६५ मा सेनासम्बन्धी सन्धि गरायो । ०४६ सालमा पनि एउटा सम्झौताको मस्यौदा पठाएकै हो । सबै घटनामा ‘फल आउट’ देखियो । अहिलेको परिवर्तन १२ बु“दे सम्झौताका कारण भएको हो । माओवादीले ‘त्यो सम्झौता रोल्पामा गरौं भनेको, तर गिरिजाबाबुका कारण दिल्लीमा गर्न पुगियो’ भनेका छन् । त्यसको पनि फल आउट हुन्छ ।
बाहिरबाट सहजकर्ता कोही छ भने त्यसले निश्चित दबाब त सिर्जना गर्छ नै । अहिलेको दुर्भाग्य के भने हाम्रो भएको राज्य संयन्त्र ‘कोल्याप्स’ हु“दै गएको छ । पुलिस र सुरक्षा निकायमा आत्मविश्वास छैन । पहिले ‘नन–स्टेट एक्टर’ मा माओवादीको मात्रै सैन्यशक्ति थियो, अहिले तराईमा त्यो संख्या दर्जनौं पुगिसकेको छ ।
म आशावादी छु । विश्वास छैन भने राजनीतिमा भूमिका हु“दैन । नेपाली जनताजस्तो खुला दिमागले सकारात्मक सोच राख्ने जनता अन्य देशमा पाउन गाह्रो हुन्छ तर के हो भने त्यसमा आत्मविश्वास जगाउने नेतृत्व चाहिन्छ । अहिले कुनै दलले पनि जनतालाई विश्वासमा लिन नसकेको र समाजलाई विभाजित गर्ने काम भएको छ । त्यसैले केही समस्यालाई प्राथमिकतामा राखेर सहमति निर्माण गर्नेतिर लाग्नुपर्छ । सहमति निर्माण गर्नु हालका प्रधानमन्त्रीको सबैभन्दा ठूलो चुनौती हो तर उनले आफू प्रधानमन्त्री भए पनि मोहन वैद्यको भाषामा सरकार चलाउनुपरेको छ ।
मैले देख्दा नेपालको राजनीति अघि बढ्न माओवादी मूलधारमा नबसी सुखै छैन । कांग्रेस, एमाले र मधेसका दुई पार्टी पनि स“गै नबसी हु“दैन । अरू साना पार्टीको पनि महŒवपूर्ण भूमिका छ । उनीहरूले ठूला पार्टीलाई खबरदारी गर्न सक्छन् । त्यो भएन भने अतिवाद ‘राइट’ बाट पनि आउनसक्छ, ‘लेफ्ट’ बाट पनि आउन सक्छ । अतिवादको खतरा टरेको छैन । त्यस्तो अवस्था आयो भने नेपाल अहिलेको संकटबाट निस्कि“दैन । त्यस्तो विन्दुमा हामी पुगिसकेका छौं ।
अन्तरिम संविधानले लडाकुलाई समायोजन, व्यवस्थापन र पुनस्र्थापना गर्ने भनेको छ । त्यो विशेष समितिले तय गर्ने भनको छ । समायोजन भनेको के र पुनस्र्थापना भनेको के भन्नेबारे माओवादीको एकथरी व्याख्या छ, कांग्रेस र एमालेको अर्कोथरी । प्रधानमन्त्रीले समायोजन भनेको नेपाली सेनामा मात्र भन्ने होइन, पुलिस र सशस्त्र पुलिस वा अरू कुनै सुरक्षा निकायमा पनि हुनसक्छ भनेका छन् तर माओवादीका डिभिजन कमान्डरले भने ‘मर्जर’ को कुरा गरेका छन् । खासगरी हालैको माओवादी कार्यकर्ता भेलापछि यो लयमा कुरा बाहिर आएका छन् । उनीहरूको पोजिसन के भनेर प्रधानमन्त्रीले बोल्न पनि सकेका छैनन् । विशेष समिति र प्राविधिक समितिको भूमिका पनि किटान भएको छैन ।
अन्तरिम संविधानले लडाकुको समायोजन र व्यवस्थापन ६ महिनाभित्र हुनुपर्छ भनेको छ । यो भित्र भएन भने क्यान्टोनमेन्टमा बसेकालाई सरकारले पैसा दि“दैन भनेको छ । त्यो अवघिमा हुने हो कि होइन ? अर्को निर्वाचनअघिसम्म गरिसक्ने हो कि होइन ? अनि वाईसीएलबारे के गर्ने ? यी प्रश्नबारे छलफल भएको छैन ।
सहमति निर्माण नगरी केही हुन सक्दैन ।
यूएनले कुनै देशमा पनि अढाइ वर्षभन्दा अगाडि छाडेको छैन । केही गरी एक वर्षभित्र सकिएको देखिएको छ भने त्यो मिसनको नाम परिवर्तन गरेर बसेको हुन्छ । यूएनलाई हामीले असाध्यै कमजोर म्यान्डेट दिएर बोलाएका छौं । अहिले यूएन गयो भने ‘भ्याकुम’ कसले पुर्ने भन्ने अवस्था छ । त्यसैले विकल्प नरहेकाले यो रहेको हो । हतियार व्यवस्थापनमा यसको भूमिका पूर्ण छैन । हतियार थन्क्याइदिने र औपचारिकतामा बस्ने भूमिका मात्र छ उसको । यसबाहेक शान्ति प्रक्रिया निर्माणमा कुनै काम गर्न सक्ने अवस्थामा छैन ।
]]>–मैले पार्टीको जिम्मा लिएको छु । संगठन विभागको नेतृत्व गर्ने जिम्मेवारी हालै पाएपछि राजीनामा दिएको हु“ । बढि समय पार्टीको काममा खट्नुपर्ने आवश्यकता भएकाले राजीनामा दिनुपर्यो ।
संविधानसभामा पार्टीको तर्फबाट निर्वाह गर्ने भूमिकालाई म पूर्ण जिम्मेवारीसाथ पालन गर्छु ।
त्यो गलत हो । हाम्रो पार्टीको विधानमा कार्यवहाक अध्यक्ष राख्ने प्रावधान छैन । व्यवस्थै नभएको कुरामा चाहाना राख्ने कुरै आउदैन ।
अलि अलि त भै हाल्छ । मतभेद नभए त यो जिवित नै हुदैन । अरु पार्टीमा पनि झगडा हुन्छ तर त्योे झगडालाई कसरी समेट्ने कुनै बहस हुदैन । हामी बहस र विवादलाई समाधानसहित निष्कर्षमा पुराउ“छौ ।
कम्युनिष्ट पार्टी भनेको विपरीतहरुवीचको एकत्व हो । जुन पार्टीमा फरक मत राख्नेको अस्तित्व हुदैन त्यो पार्टी नभई भजनमण्डली जस्तो हुन्छ । माओवादी एउटा नेताको पार्टी होइन, नेताहरुको पार्टी हो । यहा छलफल÷विवाद÷बहस सबै हुन्छ । यसले पार्टीमा कमी कमजोरी हटाउदै रुपान्तरित हुन मदत गर्छ । नया ढंगको पार्टी बन्छ । पार्टीभित्र हुने बहस÷विवादलाई हामी सकारात्मक रुपमा लिन्छौं ।
मतभेद भन्दा पनि विचारको बहस हो । पार्टीले देश र जनताप्रति प्रतिवद्ध भएर राजनीतिसंग जोडिएका प्रश्नहरुमा निर्णय लिनुपर्छ । त्यसक्रममा विभिन्न पार्टीका आ–आफ्नै धारणा छन् । अब बन्ने नेपालका लोकतन्त्रका बारेमा सबैको आफ्नै मोडल छ । कांग्रेसले संसदीय गणतन्त्रको कुरा गरेको छ । हामीभित्र पनि लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने बहस चलेको छ । मैले पुरानो तरिकाले जाद सकिदैन भन्ने धारणा राखेको हु“ । शान्तिप्रक्रियार नया“ संविधान लेख्ने विषयमा बहस र छलफल भएको हो । यो मतभेद होइन ।
हामी वीच फरक मत छ । खासगरी लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने बहस हो । छिटै बस्ने केन्द्रीय समिति र राष्ट्रिय भेलामा बहस गर्छौ ।
हामीले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देखेका छौ । साम्राज्यवादीशक्ति सधै मतभेद चर्काउने र विभाजित पार्ने षड्यन्त्रमा हुन्छन् । त्यो हिजो पनि थियो । आज पनि छ । भोलि पनि ती प्रयन्तहरु हुन्छन् । विचारका बहस गर्छौ व्यक्तिगत मतभेद छैन । एकता संघर्ष र रुपान्तरण हाम्रो मूल मन्त्र हो । अरु पार्टीले एकता संघर्ष र फुटको अभ्यास गरेका छन् । संघर्षबाट पार्टीमा एकता हुन्छ भन्ने हाम्रो ठम्याई हो । एकता संघर्या । नया आधारमा नया एकता गर्छौ । नया ढंगेको कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौ ।
व्यक्तिगत रुपमा उहा र मेरोवीच त्यस्तो नराम्रो केही छैन । उहा पार्टीको सुयोग्य जिम्मेवार कमरेड हुनुहुन्छ । तर पार्टीभित्र चल्ने विचरको बहस र विवाद भनेको भिन्न कुरा हो । कम्युनिष्ट पार्टी एउटै थियो । पुच्छर पछि जोडिएका हुन् आफ्ने पहिचानका लागि जोडिएका हुन् । सबै कम्युनिष्टि पार्टी एकै ठाउ“मा आउछन् भने सुदुर भविष्यमा त्यो हुन नसक्ने होइन तर तत्काल हामी माओवादी हटाउने पक्षमा छैनौ ।
प्रस्ताव त गर्न सकिने भयो । तर अहिले परिवर्तन गर्ने भन्ने होइन ।
पहिलो लोकतान्त्रिक गणतन्त्र वा पुरानो प्रकारको संसदीय गणतन्त्रमा अल्झिन चाहदैनौ यो पुरानो भैसकेको छ । असफल भैसकेको छ । कम्युनिष्ट पार्टीले विभिन्न ठाउमा जनवादको अभ्यास गर्दै आएका छन् । खासगरी रुस,चीन र पूर्वी यूरोपका राष्ट्रहरुमा । त्यसक्रममा केही कमीकमजोरी देखा परे । हामीले ती कमीकमजोरीलाई दोहोर्याउनु हुदैन । प्रतिपस्र्धा दलीय राख्ने । लेनिनले पनि रुसमा अभ्यास गर्नु भएको थियो । कम्युनिष्ट पार्टी मात्रै सत्तामा बस्ने अभ्यास भयो । चुनावमा हारेको अवस्थामा अर्को पार्टी पनि सत्तामा जानसक्ने व्यवस्था गर्ने सोच । हामीले भनेको जनगणतन्त्र यो हो ।
दोस्रो,जनविरोधी र साम्राज्यवादका दलाल,जनतालाई दुख दिने पार्टी अथवा व्यक्तिलाई निषेध गुर्नपर्छ । देश डुवाउने तर देशभक्त र प्रजातन्त्रवादीको दावी गर्नेलाई निषेध गर्ने हो । दलको स्पस्ट पहिचान गर्ने । जनविरोधीलाई स्थान नदिने । देशभक्त र प्रजातन्त्रवादी हुनुपर्छ ।
हामीले कम्युनिज्म चाहान्छौं । ढाट्ने कुरा भएन । तर कम्युनिज्म भन्ने वितिकै अतालिनपर्ने होइन । साचो अर्थमा मानवतावाद भनको कम्युनिज्म हो । त्यसमा वर्ग हुदैन । आदर्श समाजको परिकल्पना गरिएको हुन्छ ।
हाम्रो सिद्धान्त र गन्तव्य त त्यही हो । तर यसको अर्थ अहिले नै गइहाल्ने भन्ने होइन । अहिले देशभक्त जनवादी र वामपन्थी शक्ति मिलेर जानुपर्छ । सामन्तवादका विरुद्ध एक ढिक्का भएर जानुपर्छ । लोकतन्त्रका नाममा फेरि पनि गलत तत्वले ठाउ“ पाउने अवस्था हुनुभएन ।
यो माओवादीको एकलौटी सरकार होइन । हामीले चाहे अनुसारको काम गर्ने अवस्था छैन ।
बजेट र नीति तथा कार्यक्रम ल्यायौं । यसले केही नया अनूभूति भएको छ । पुरानोलाई भत्काएर नया“ निर्माणको कुरा हामीले गर्दै आएका छौ । पुरानै पुरानोको डंगुरमा छौ । पुरानो राख्नै पर्ने नया पनि बनाउन पर्ने । सापेक्षता र बाध्य्ताका वीचबाट हिडेनुपरेको छ ।
यो संवेदनशील कुरा हो । यसमा अनावश्यक बहस भएको छ । विशेष समितिको निर्माणको कुरा भएको छ । हामी कांग्रेससंग पटक पटक छलफल गरेका छौ । वहा“हरुले समितिको संयोजक नबस्न आग्रह गर्नुभयो । हामी बसेनौ त्यसपछि फेरि दुई सदस्इ मागरे कांग्रेसले विवाद निकालेको छ । कमसेकम शान्ति तथा पुननिर्माण मन्त्रालयले सदस्य त बस्न पाउनुपर्छ भन्ने हाम्रँे भनाई हो ।
पहिले आफू सत्तामा हु“दा दुई सदस्य विशेष समिति रहनसक्ने तर अहिले नमान्ने भन्ने कांग्रेसको तर्क गलत छ । कसरी जाने भन्ने विषयमा कांग्रेससंग फेरि पनि छलफल गर्छौ ।
परिवर्तित परिस्थितिमा राजाको नेतृत्वमा रहेका मान्छेहरु सबै गलत भन्न मिल्दैन । उनीहरु प्रजातन्त्रवादी र देशभक्त हुनसक्छन् । हिजो एमाले र कांग्रेसले पञ्चायत पृष्ठभूमिका मान्छेसंग गला मिलाएर सरकारमा बस्दा प्रश्न नउठ्ने तर माओवादी देशभक्त पृष्ठभूमिका मान्छेसंग सामिप्यता बढाउदा प्रश्न उठाउनु तर्क संगत होइन ।
हिजो राजाको शासनका बेला कोही मान्छे त्यता गएहोलान् । यो परिवर्तित सन्दर्भ हो । हिजोका पञ्चायतका मान्छे आज माओवादीसंग काधमा काध मिलाउन तयार छ भने, गणतन्त्रबादी र देशभक्त छ भने र वामपन्थीसंग मिलेर काम गर्छ भने हामी पूर्वाग्रही हुनुपर्ने कारण छैन । हिजो पञ्चायतकालमा मण्डले राष्ट्रवाद थियोे । अहिले हामीले नया“ राष्ट्रवाद नारा अघि सारेका छौं । देशभक्त भावना भएकाहरु नया“ राष्ट्रवादमा आउछन् भने आउन सक्ने भए ।
]]>