rishi-companion domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6131rishi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home3/mythamel/public_html/.website_3022c654/wp-includes/functions.php on line 6131विधाका हिसबाले ‘माधवी ओ माधवी’ निबन्ध संग्रह हो । निबन्धको शाव्दिक अर्थ हो, कुनै निश्चित विषयलाई विशेष प्रकारले बा“ध्नु । तर, दाहाल यो कृतिमा कतै बा“धिएका छैनन्, उन्मुक्त पोखिएका छन् । त्यसलै उनी यसलाई निबन्ध संग्रह नभनी ‘निर्बन्ध लेखन’ भन्न रुचाउ“छन् । भन्छन्, ‘माधवी ओ माधवी मेरो निर्बन्ध लेखन हो । निर्बन्ध भनेको बन्धनरहित । यो किताब पढेर पाठक, आफन्त, मेरा परिवारले के भन्लान्, मैले यति खुल्न हुन्छ कि हुदैन, राजनीतिप्रति टिप्पणी गर्दा मैले बनाउन चाहेको पार्टी या दलका नेताले के भन्लान् भन्ने नसोची मनमा जे छ, त्यो कुरा लेखेकाले यसलाई निर्बन्ध भनेको हु“ ।’ (हिमाल खबर डटकम)
अखबारी लेखनमा जमेका दाहालको ‘प्रमोशन’ भएको छ । अब उनी लेखक÷स्रस्टा सूचिमा उक्लिएका छन् । तिखा राजनीतिक विश्लेषण मार्फत चिनिएका दाहाल आशलाग्दा आख्यानकारमा दर्ज भएका छन् ।
‘माधवी ओ माधवी’ उनको तेस्रो कृति हो । यसअघि उनका दुई कृति ‘नेपाली राजनीतिको पुनर्गठन’ (गैरआख्यान) र ‘मोक्षभूमि’ (आख्यान) प्रकाशित भइसकेको छ । अखबारी लेखनमा उनी मुलतः राजनीतिक विषयमाथि विमर्स छेड्छन् । दलीय अभ्यासका संस्कृति÷विकृति उधिन्छन् । राजनीतिक दर्शन, सिद्धान्त र व्यावहारका पाटाहरु केलाउ“छन् । दलहरुमा हुर्कदो अलोकतान्त्रिक चरित्रले उनलाई पिरोल्छ । उनको त्यही पीर अखवारी लेखनमा व्यक्त हुन्छ । त्यसैको परिस्कृत बयान उनले आफ्नो पहिलो पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’ गरेका छन् ।
खासमा दाहाल राजनीतिक अभियन्ता हुन् । उनी बैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा छन् । राजनीतिको ‘कखरा’ नेकपा एमालेको स्कुलबाट सिकेर हुर्केका दाहाल झण्डै दशक यता बैकल्पिक राजनीतिक शक्तिको खा“चो महसुस गर्दे त्यता हेलिए ।
शुरुमा पूर्व माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘नया“ शक्ति’ मा आवद्ध भए । ‘नया“ शक्ति’ को भारी भट्टराईले बोक्न नसक्ने देखेपछि उनी ‘विवेकशील साझा’ तिर सरे । ‘विवेकशील साझा’ पनि छिन्नभिन्न भएपछि दाहालको बैकल्पिक राजनीतिको अभियान सुस्ताएको छ । तथापि उनको लेखन क्रियाशीलता बढेको छ ।
राजनीतिक अभियन्ताका रुपमा दाहालको यात्रा कति सफल रह्यो ? कति रचनात्मक रह्यो वा कति अस्थिर ? यो बेग्लै विमर्सको विषय होला । यो समीक्षा त्यता केन्द्रित छैन । उनको लेखकीय पक्ष र नया“ कृतिमा केन्द्रित छ ।
साहित्य लेखनमा दाहालको आगमन शानदार देखिएको छ । जब उनी ‘मोक्षभूमि’ लिएर पाठक सामु आए, उनी नया“ अवतारमा उदाए । राजनीतिक अभियन्ता र अखबारी लेखकको पृष्ठभूमिका दाहालले ‘नेपाली राजनीतिको पुनर्गठन’ लेख्नु उनको परिधिभित्रकै कर्म थियो । तर, जब उनले खस साम्राज्यको आख्यान ‘मोक्षभूमि’ लेखे, त्यसले उनलाई बेग्लै श्रेणीको शब्द सिल्पीका रुपमा दर्ज गरायो ।
सायद त्यसैले उनी उत्साहित छन् र लेखन कर्ममै बढि क्रियाशील छन् । उनी भन्छन्, ‘हाम्रो साहित्यमा इतिहासका कथा लेखिएकै छैन । हामी लिच्छवी, किरा“त, मल्लकालका बैभवका इतिहास त पढ्छौं तर ती कालखण्डमा आख्यान पढ्न पाउदैनौं । किनकि ती लेखिएकै छैनन् ।’
दाहाल इतिहासको उत्खनन आख्यान मार्फत् गर्ने अभियानमा छन् । लिच्छिवीकालीन ऐतिहासिक पृष्ठभूमिमा आख्यान लेख्ने तयारीमा जुटेका उनले एक दिन कुरै कुरामा भने, मोक्षभूमिपछि अर्को कृति ल्याउन केही लामै समय लाग्ने देखेपछि ‘फिलर’ होस् भनेर ‘माधवी ओ माधवी’ लेखें । तर, यो सामान्य ‘फिलर’ होइन, एउटा गहकिलो र पठनीय कृति बनेको छ ।
यो कृतिका अनेक विशेषता छन् । मूलत ः यहा“ तीन मुख्य विशेषताको चर्चा गरिनेछ ।
यो पुस्तकको पहिलो विशेषता हो, निजात्मक लेखन । ‘माधवी ओ माधवी’ दाहालले आ“शुको मसीले लेखेको निजात्मक कथा हो । त्यसो त लेखक मृत्यूको कथा लेख्न आफूसंग आ“शुको मसी छैन भन्छन् । तर, उनको लेखनीमा जही–त्यही आ“शु छचल्किन्छ । वेपत्ता दाजुको वियोगमा उनी यतिधेरै बेचैन छन्, पुस्तकका पाना–पानामा उनका छटपटाहट व्यक्त हुन्छन् । कम्युनिष्ट कार्यकर्ता दाजु उनका आदर्श हुन् । दाजु हराउ“दा त्यसले घरमा जे जस्तो विपद् र व्यथा बढायो, त्यो पीडाको वृत्तान्त, त्यो बज्रपात वास्तवमै मर्मस्पर्शी छ ।
दाहालले आफ्नै कथा÷व्यथा लेखेका छन् । दाजु बेपत्ता, बसाई–सराई, पिताको देहान्त, आमाको अल्जाइमर्स र वियोग आदि जीवनका उकाली ओराली अनि सुस्केराहरु उनका भोगाई हुन् । र, ती भोगाई, ती कथा÷व्यथा नेपाली समाजका ऐना पनि हुन् । आफ्ना परिवेश मार्फत उनले समाजका कथा भनेका छन् । आत्मकथा झै लाग्ने उनका कथा÷वेदनाले पहाडी जनजीवनसंग साक्षात्कार गराउ“छ । सन्दर्भहरुमा लेखकको निजत्व भएपनि खासमा उनले रुढि र परम्परामा थिचिएको नेपाली समाजको तस्वीर खिचेका छन् ।
दोस्रो विशेषता हो, यात्रा साहित्य । कुनै पनि भ्रमण साहित्य सिर्जनाको एउटा बलियो स्रोत हो । दाहालले पनि आफूले घुमेका ठाउ“, देश÷विदेशका यात्रा वृत्तान्तलाई यो पुस्तकको अर्को मुख्य स्रोत बनाएका छन् । तर, स्वादिलो कुरा के छ भने, यात्रा संस्मरणका नाममा ती वृत्तान्तमा घुमाईका विवरणहरुको फेहरिस्त छैन । यात्रा साहित्यको नौलो स्वाद पस्किएका छन्, उनले ।
जहा“ यात्रा गर्छन्, त्यहा“को ऐतिहासिकता र तथ्यमा आधारित भएर कैयन विमर्स गरेका छन्, उनले । जस्तो, डेनमार्कको कोपनहेगनबाट जर्मनीको बर्लिन घुम्दा उनले शहरको बखान कम, कार्ल माक्र्सको बयान धेरै गरेका छन् । उनका यात्रा वृत्तान्तमा राजनीतिक दर्शन हुन्छ, ती दर्शनहरुमाथि गहिरो विवेचना र प्रश्नहरु हुन्छ ।
बर्लिनका सडक घुम्दा उनले एउटा ‘डमी माक्र्स’ भेट्छन्, जो जिविकाका लागि माक्र्सको जस्तै दाह्री पालेर पर्यटकसंग फोटो खिचाइ बस्छन् । प“ुजीवादी पश्चिमा शहरमा माक्र्सको विक्री भएको देखेर उनी आफ्नै देश सम्झन्छन्, जहा“ कार्यालयका भित्तामा माक्र्सको फोटो टा“सेर राजनीतिको व्यापार चलेको छ । लेख्छन्, ‘माक्र्सका नाममा आज संसार भर व्यापार छ । कतै राजनीति वेचिन्छ, कतै सपना । कतै झण्डा बेचिन्छन्, कतै फोटो ।’ ( पृ. ८२ )
कम्बोडियाको नोम्पेन्ह शहरको किलिङ फिल्ड (मानव बधशाला) पुग्दा लेखकलाई पोलपोटको क्रुरताले क्रुद्ध पार्छ । कुनै बखत खा“टी कम्युनिष्ट कार्यकर्ता दाहाल चीनका माओको सांस्कृतिक क्रान्तिका कथा पढेर कम्युनिष्ट भएका थिए । होचि मिन्हले अमेरिकी साम्राज्यवाद विरुद्ध प्रतिरोध गरेको संघर्षको कथाबाट प्रेरित भएर कम्युनिष्ट भएका थिए । उनले जे पढेका थिए वा जे पढाइएको थियो, त्यो भन्दा भिन्न अवस्था देखेर उनी क्रुद्ध हुन्छन् । मानव बधशालाको भ्रमण लेखकसंगै गर्दा दिगमिग हुन्छ र एउटा अपार घृणा जाग्छ । अनि लेखककै हारमा उभिएर प्रश्न गर्न मनलाग्छ, ‘राजनीति र सत्ताका नाममा निर्दोष मासिनहरु कहिलेसम्म बलिवेदीमा चढिरहने ?’
पोलपोटको क्रुरताले घायल लेखक लाल विद्रोहको केन्द्र नक्सलबाडी पुगेर क्रान्तिका सपनाको हिसाब किताब गर्न खोज्छन् । नक्सालबाडी पुगेर चारु मजुमदारलाई खोज्छन् तर न कानु सन्याल भेटिन्छन् र मजुमदार ।
पश्चिम बंगालको नक्सलाइट आन्दोलनका क्रममा कयौं बालबालिका र निर्दोष महिला मारिए । नक्सलाईटहरु वीचको आपसी विभाजनले यो आन्दोलन कमजोर भयो । दाहालले नक्सालबाडी पुगेरै, केही दिन अध्ययन गरेर यो आन्दोलनको उत्थान र ओरालो यात्रा पुस्तकमा समेटेका छन् । उनी जहा“ पुग्छन्, आन्दोलन र बलिदानको अर्थ खोज्छन् । चाहे कम्बोडिया पुगुन् वा नक्सालबाडी, सपनाको मृत्यू भएकोमा उनी द्रविभुत छन् । सोध्छन्, ‘इतिहास बनाउन हिडेका मान्छे समयको मरुभूमिमा कता पुरिए ? क्रान्तिको बलिवेदीमा चढेका ती मान्छे र उनका सपना आज किन गुमनाम छन् ?’( पृ. ७६ )
राजनीतिक दर्शन, कम्युनिष्ट राजनीतिका विसंगतिका बहस छेडिरहेका लेखक पुस्तकको अन्त्यमा आएर काल्पनिक प्रेमको उडान भर्छन् । यो उनको पुस्तकको तेस्रो विशेषता हो । खासमा पुस्तकको शीर्षकले न्याय अन्तिम निबन्धबाट मात्रै पाउ“छ । पुस्तकको मुख्य हिस्सामा राजनीतिक दर्शन, समाज र निजात्मक भोगाई छन् । ‘माधवी’संगको अलौकिक प्रेमगाथा पढ्न पुस्तकको पुछारमै पुग्नुपर्छ ।
त्यसो त लेखक किर्गिस्तानको राजधानी विस्केकमा भेटिएका एउटी चञ्चले युवतिसंग मस्किन्छन् । इसाकुलमा भेटिएकी इबेलालाई ‘प्रेम’ गर्छन । विभिन्न निबन्धहरुमा पुरुष यौन मनोविज्ञान झल्किएका सन्दर्भहरु नभएका होइनन् तर मूल रुपमा लेखकको प्रेमिल रुप र यौन मनोविज्ञान उजागर ‘ओ माधवी ओ’ निबन्धमै भएको छ ।
‘माधवी’ मदनमणि दिक्षितको चर्चित उपन्यास हो । महाभारतको उत्तर पर्वमा भएको गालब र माधवीको कथालाई दिक्षितले आख्यानको रुपमा दिएका छन् । माधवी त्यही उपन्यासकी केन्द्रिय पात्र हुन् । माधवी लेख्दा दिक्षित यति डुबेका थिए कि, उनी आफ्नै आख्यानकी पात्रसंग प्रेममा परेका थिए । उनी निद्रामै बर्बराउथे रे । माधवी…माधवी.. भनेर सपनामै ऐठन हुन्थ्यो रे दिक्षितलाई ।
तिनै माधवीसंग दाहाल पनि प्रेममा परेछन् । यस्तो अलौकिक प्रेम जहा“ एउटा निरीह प्रेमीको वेचैनी छ, समर्पण छ र आशक्ति पनि छ । दाहालले माधवीको प्रेम मार्फत एउटा पुरुषको प्रेमभाव र यौन मनोविज्ञान दर्शाएका छन् । सपनामा माधवीसंग रोमान्स र सयेर गरेका दाहालको अलौकिक प्रेममा भोगाईको मात्रा के–कति छ ? त्यो उनै जानुन् । यति चाहि भन्न सकिन्छ, सिर्जनालाई न्याय गर्ने इमान्दार प्रयत्न उनले गरेका छन् । अखबारमा प्रकाशित लेखमा प्रयोग भइसकेका कतिपय सूचना र सन्दर्भ दोहोरिंदा चाहिं कहीं कहीं खट्किन्छ । अन्यथा किताब पब्लिसर्सले प्रकाशित गरेको यो पुस्तकमा भएका २३ निबन्ध कथा पढेजस्तो सलल बग्छन् । सरल भाषा लेखिएको आख्यान जस्तो लाग्छ ।
]]>आमनिर्वाचन ०७९ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसंग पराजित भएर निराशिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको ओठमा हा“सो फर्कन थालेको छ । पछिल्ला दुइवटा घटनाक्रमले उनको निराशा उत्साहमा बदलिएको हो ।
पहिलो, जसपा मधेस प्रदेशको अंकगणितमा तेस्रो स्थानमा खुम्चिदा पनि उनले मुख्यमन्त्री पार्टीको पोल्टामा पार्न सके र आफू निकट नेता सरोज यादवलाई मुख्यमन्त्री बनाए । एमाले बाहिरिएर सत्तारुढ गठबन्धनमा कांग्रेसको प्रवेश भएपछि मधेस प्रदेश सरकारको नेतृत्व कायम राख्न उनी लागिपरेका छन् ।
दोस्रो, सत्तारुढ गठबन्धनमा सामेल भएर उनले पार्टीको भागमा उपराष्ट्रपति पद पारे । र, त्यसमा पनि आफू निकट बारा क्षेत्र नं २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई अघि सारे ।
रामसहायप्रसाद यादव मुलुकको तेस्रो उपराष्ट्रपति चुनिएपछि उक्त क्षेत्र रिक्त भएको छ । र, अब उपेन्द्रको नजर बारातिर केन्द्रित छ । आगामी वैसाख १० गते हुने उपनिर्वाचनमा चुनिएर उनी संसद छिर्न चाहान्छन् । उनले उम्मेदवारीको औपचारिक घोषणा गरेका छैनन् यद्यपि दृश्य÷अदृश्य अभ्यासले उनको त्यो आकांक्षा प्रकट भएको बुझ्न कठिन छैन ।
पाँच महिनाअघि जनमतबाट अस्वीकृत उपेन्द्र फेरि चुनावी परिक्षामा होमिन खोज्दैछन् । हुन त चुनावमा उम्मेदवारी दिन पाउनु उनको अधिकार हो । एकपटक पराजित हुँदैमा उम्मेदवार हुनै नपाइने होइन । तर, पाँच वर्षका लागि जनताबाट अस्वीकृत भएर पराजित भइसकेपछि तत्कालै उम्मेदवार बन्दा त्यसले नैतिक प्रश्न त खडा गर्छ नै, राम्रो सन्देश पनि जाँदैन । चर्चाकै चरणमा अनेक प्रश्न उठ्दा पनि उनी त्यसको वेवास्ता गर्दै संसद छिर्ने प्रयत्नमा जुटेका छन् र सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्ने माहौल बनाउने कसरतमा छन् । जसपाका प्रवक्ता मनिष सुमनले हालै गरेको दावी त्यो कसरतको प्रारम्भ हो । उनको दावी छ, ‘बारा–२ मा हाम्रो हक लाग्छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदा हामीले नै पाउने हो ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्रलाई सघाउने वचन दिएको समाचार आएपनि सत्ता गठबन्धनले उपनिर्वाचनमा साझा उम्मेदवार खडा गर्ने वा मित्रवत प्रतिस्पर्धा गर्ने निक्र्यौल गरिसेकेको छैन । यद्यपि सम्भावित उम्मेदवार उपेन्द्रका लागि प्रतिद्वन्दिताको पर्खाल चाहिं खडा भइसेकेको छ ।
यादवको मनसुवाविरुद्ध चुनौतीका रुपमा उभिएका छन्, जनमत पार्टीका नेता सिके राउत । सिकेले बारा–२ मा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् । बारामै पुगेर उनले भने, ‘उपेन्द्र यादव फिरंगी हुन । सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउनुपर्छ ।’
हालै सम्पन्न उपराष्ट्रपति निर्वाचनमा पनि जनमत पार्टीले मधेसका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति आदि पार्टी समेटेर जसपाविरुद्ध उम्मेदवार खडा गरेको थियो ।
जसपा र जनमत पार्टी दुवै सत्तारुढ गठबन्धनमा छन् । मधेस प्रदेशमा पनि यी दुई पार्टीहरु सरकारमा सामेल छन् । तर, दुई पार्टीका यी दुई नेतावीचको टकराव बढ्दै गएको छ । उपेन्द्र र सिकेवीचको प्रतिद्वन्दिता उपनिर्वाचनको जितहारको सन्दर्भसंग मात्रै सीमित छैन । यो प्रतिद्वन्दिताको अन्तर्य हो, मधेसको मुद्दा कसले बोक्ने ? मधेसको सर्वेसर्वा नेता को हुने ? यो विश्लेषण यी प्रश्नमा केन्द्रित रहनेछ ।
नेपाली राजनीतिको विभिन्न कालखण्डमा तराई–मधेसका मुद्दा बोकेर नेताको उदय हुने अनि ती मुद्दाप्रति न्याय गर्न नसक्दा तिनको अवसान हुने गरेको ऐतिहासिक दृष्टान्त छन् । जब–जब तराई–मधेसका मुद्दा उठाउने नेताहरुको प्रसंग आउँछ, बेदानन्द झा स्मरणमा आउँछन् । किनभने, तराई–मधेसका मुद्दा उठाउने पहिलो श्रेय उनै झालाई जान्छ । उनले २००८ सालमा नेपाली कांग्रेसबाट विद्रोह गरेर नेपाल तराई कांग्रेस गठन गरे । हिन्दीलाई सम्पर्क भाषा बनाउनुपर्ने, तराईको स्वशासन र समावेशीकरणको मुद्दा उठाएर बेग्लै पार्टी बनाएका झा अन्ततः राजा महेन्द्रको अप्रजातान्त्रिक कदमलाई समर्थन गरेर पञ्चायतमा मिसिए ।
२०४० सालमा कांग्रेसबाटै बाहिरिएका गजेन्द्रनारायण सिंह पनि तराई–मधेसका मुद्दा उठाएर राजनीतिमा स्थापित भएको नाम हो । २०४६ मा प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाल सद्भावना पार्टी मार्फत उनले तराई–मधेसका मुद्दा अघि बढाएका थिए । तर, सत्तालिप्सा, गुटफुट, शक्तिस्वार्थहरुको कठपुतली बन्ने प्रवृत्ति हुर्कदै जाँदा यो पार्टीले आफ्नो उपादेयता पुष्टि गर्न सकेन । सिंह जिवित हुँदासम्स उनी मधेसी राजनीतिको मियो जस्तै थिए । उनको निधनपछि यो पार्टी दर्जनौ पटक छिन्नभिन्न हँुदै अहिले भए–नभए बराबरको अवस्थामा छ ।
२०६३ को राजनीतिक परिवर्तनपछि तराई–मधेसमा नयाँ राजनीतिक शक्ति जन्मियो, मधेसी जनअधिकार फोरम । जसको नेता थिए, उपेन्द्र यादव । सद्भावना पार्टीको गतिहीनताको विकल्पमा फोरमको उदय भएको थियो ।
कुनै बेला मधेसी पृष्ठभूमिका नेताहरुले साझा मञ्चका रुपमा प्रयोग गर्न भनेर बनेको गैरसरकारी संस्था मधेसी जनअधिकार फोरमले राजनीतिक दलको रुप लिएपछि यसको नेतृत्वमा मधेसमा आन्दोलन उठ्यो । आन्दोलनको दबाबले मुुलुकमा संघीयता आयो । माओवादीको हिंसात्मक विद्रोहको अवतरणसंगै उठेको मधेस आन्दोलनपछि राजनीतिमा समावेशीकरणका मुद्दाले प्रवेश पायो । सहभागीतामूलक र समावेशी प्रतिनिधित्वको वकालत हुन थाले । मुलधारको राजनीतिबाट पिछडिएको महसुस गर्ने मधेसी लगायतका सीमान्कृत समुदायले धेरैहदसम्म राहतको अनुभूति पनि गरे । त्यो अवस्था निर्माण गर्नमा उपेन्द्र नेतृत्वको फोरमको निर्णायक भूमिका रह्यो ।
त्यसो त मधेसी राजनीतिमा उनीभन्दा बढि भोटा फटाएका पाका नेताहरु नभएका होइनन । तर, ०६४ को पहिलो संविधानसभाबाट फोरम जसरी उदायो, उपेन्द्र मधेसी राजनीतिको ‘अनुहार’ बने । उनलाई मधेसका ‘मसिहा’ भन्न थालियो । फोरमको उदयसंगै कांग्रेस, एमाले, सद्भावना पार्टीको पृष्ठभूमिका नेताहरु पनि फोरमतिर आकर्षिक हुन थाले । एकातिर फोरम फैलदै थियो भने अर्कोतर्फ जन्मसंगै विभाजन र फुटको विजारोपण भइसकेको थियो । त्यो फुटको विज कति झाँङ्गिदै गयो भने, यो पार्टी दर्जनौं पटक विभाजित भयो । पदीय लाभ र सत्ताका लागि पार्टी विभाजन गर्नु, अदलबदल गर्नु सामान्य हुदै गए ।
हुन त मुलुकको समग्र राजनीति नै मुद्दामुखी नभई सत्तामुखी हुँदै गएको आजको यथार्थ हो । यो रोग कमबेसी सबैतिर छ । यद्यपि, मधेसी राजनीतिक वृत्तमा यो रोग बढि नै देखियो । पछिल्लो आमनिर्वाचनमा मधेसी दलको क्षयीकरणको मुख्य कारण यही थियो । यही पृष्ठभूमिमा जनमत पार्टीका सिके राउतको उदय भएको हो । २०६४ मा उपेन्द्रलाई मधेसको ‘मसिहा’ ठान्ने जममत अहिले सिकेतिर आकर्षित छ । अर्थात् मधेसी राजनीतिमा उदाउदै गरेका सिके र मधेस आन्दोलनको ‘ब्रान्ड’ बोकेका उपेन्द्रवीच मधेसको ‘मसिहा’ बन्ने होड चलेको छ ।
उसो त उपेन्द्र र सिके दुबैको राजनीतिक पृष्ठभूमि विवादमुक्त छैन । यादव अन्तरिम संविधान जलाएर राजनीतिमा चर्चामा आए र त्यससंगै उनको राजनीतिक उत्थानको यात्रा शुरु भयो । एमाले हँुदै कुनै बेला माओवादी निकट मानिने उनलाई संसयपूर्ण नजरले पनि हेरिन्थ्यो ।
सिके त झन् ‘बेग्लै मधेस राज्य’को माग गर्दै पृथकतावादी मनसुवा बोकेर राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । अतिवादी सोचका कारण उनी दर्जनौ पटक पक्राउ परे, राजद्रोहको मुद्दा नै खेपे । आफूले उठाएको बिखण्डनको मुद्दामा कहीकतै समर्थन र सहानुभूति नभेटेपछि अन्ततः ती विवादास्पद गतिविधि त्याग्दै मुलधारमा आएका सिकेले पार्टी गठन गरेको चार वर्षमै उल्लेख्य सफलता प्राप्त गरेका छन् । २०७५ साल चैत ४ गते स्थापना भएर पहिलो पटक आमनिर्वाचनमा होमिएको सिके नेतृत्वको जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको छ ।
उता उपेन्द्र नेतृत्वको जसपा श्रृङ्खलावद्ध फुट र विभाजनपछि खुम्चदै गएको छ । पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरम ५४ सिट सहित बलियो क्षेत्रीय राजनीतिक शक्तिका रुपमा उदाएको थियो । पहिलो संविधानसभाको शक्ति सन्तुलनमा फोरम सहितका मधेसी दलको उपस्थिति प्रभावशाली थियो । तर, दोस्रो संविधानसभा हुदै दोस्रो आम निर्वाचनसम्म पुग्दा यी दल र तिनका नेता खिइदै गएका छन् ।
२०६३ पछि मधेसी राजनीतिक वृत्तमा छाएका जति पनि नेताहरु छन्, यतिबेला तिनको साख र विश्वसनीयताको धरातल कमजोर छ । कतिपय स्थापित नामहरु भ्रष्टाचारको दाग लागेर किनारा भइसकेका छन् । सबैभन्दा शीर्ष नेता महन्थ ठाकुर राजनीतिक उत्तराद्र्धमा छन् । मधेस आन्दोलनको ‘अनुहार’ मानिएका उपेन्द्र राजनीतिक अवसरवादका प्रतीक बनेका छन् । जातीय संकिर्णवादको घेरामै रमाउने आरोप लाग्ने गरेका उनको सत्ताका लागि जस्तो सम्झौता गर्न पनि पछि नपर्ने चरित्र बनेको छ । उनमा त्यो चरित्र कति छ भन्ने देखाउन पछिल्लो ५÷६ महिना यताका सन्दर्भ नै काफी छन् । यसवीच उनी कहिले कांग्रेस माओवादी गठबन्धन छोडेर एमालेसंग कुम जोड्न पुगे । चुनावपछि माओवादी एमालेसंग मिलेर सरकार गठन गर्न पुग्दा त्यही पुगे र अहिले कांग्रेस सहितको गठबन्धनमा पनि सत्ता लाभ लिन पछि परेनन् । उपेन्द्र सत्ता राजनीतिमा पारङ्गत हुँदै जाँदा उनको मुद्दा र मैदानसंगको नाता टाढिदो छ ।
यहीनेर सिकेले आफ्नो राजनीति फल्ने÷फुल्ने अवसर देखेका छन् । उपेन्द्रका कमजोरीबाट कसरी लाभ लिन सकिन्छ भन्ने उनको ध्याउन्न छ । जसरी उपेन्द्र सत्तामा जान हतारिएका देखिन्छन्, सिकेमा त्यो हतारो छैन । उनले पार्टीका अरु सदस्यलाई सरकारमा पठाएपनि आफूलाई राजनीतिक रुपमा स्थापित गर्न खोज्दैछन् ।
उपेन्द्र जब सत्ता बाहिर हुन्छन्, तब मात्रै उनलाई मधेस आन्दोलनको स्मरण हुन्छ, मधेसका मुद्दा सम्झिन्छन् । सिके जब–जब संसदको रोष्ट्रममा उभिन्छन्, मुद्दा अघि सार्छन् । कृषि, मलखादका समस्यामाथि उनी निरन्तर बोलिरहेका छन् । यसले कही न कही उनलाई मधेसका मुद्दासंग जोडिराखेको छ । संसदको रोष्ट्रममा उभिएर मधेस आन्दोलनका सहीदप्रति मौनधारण गरेर उनले ‘सेन्टीमेन्ट’ आफूतिर आकर्षित गर्न खोजे । खासमा उनी आफ्नो विगतको विवादित छवि रुपान्तरणको अभियानमा छन् । संसद अथवा विभिन्न अन्तवार्ताहरुमा जब उनी शालीन र तर्कपूर्ण शैलीमा प्रस्तुत हुँदा ‘के यी तिनै राउत हुन् जो राज्यविप्लवको अतिवादी र आपत्तिजनक सोच पाल्थे ?’ भनेझै लाग्छ ।
मधेसमा एउटा तप्का चाहि अझै छ, जो सिकेलाई संसयपूर्ण नजरले हेर्छ । उनीसंगको अभियानका जोडिएका कतिपय नेता कार्यकर्ताले पनि उनलाई नातावाद, कृपावादको आरोप लगाएर छोडेका उदारहण पनि छन् । उपेन्द्रका समर्थकहरु त झन्, उनलाई विदेशी शक्तिकेन्द्रको उत्पादन ठान्छन् । उपेन्द्र निकट एक नेता दावी गर्छन्, ‘भारतले उपेन्द्रलाई घेरावन्दी गर्न विगतमा महन्थ ठाकुर, जेपी गुप्ता, राजेन्द्र महतोलाई अघि सारेजस्तै अहिले सिकेलाई प्रयोग गरिरहेको छ ।’
विदेशी शक्तिस्वार्थको चपेटामा सिङ्गो नेपाली राजनीति छ । मधेसी नेताहरु त्यसबाट मुक्त छैनन् । तर, उपेन्द्रको राजनीति ओरालिएको उनको आफ्नै कारणले हो । सत्ताकांक्षामा उनी यति ग्रस्त छन् कि, आन्दोलन र मुद्दासंग उनको अव सरोकार रहेन । ती सत्ता उक्लिने भर्याङ मात्रै बने । अहिले पनि उनी जसरी उच्च राजनीतिक तहबाट सेटिङ गरेर संसद छिर्ने दाउपेच खेल्दैछन्, त्यो त्यसैको एउटा कडी हो ।
सत्ताप्राप्ति नेपाली राजनीतिमा सफलताको मानक बन्दै गएको छ । जसरी पनि सत्ताप्राप्तिको मनसुवा उपेन्द्रमा सायद त्यसैकारण जागेको हो । तर, जब नेता जनमत र मुद्दासंग टाढिन्छ, उनको रानजीतिले सार्थकता पाउदैन । अहिले मधेसी राजनीतिमा एकातिर सत्ता दाउपेचमा पारङ्गत उपेन्द्र छन् भने अर्कोतिर राजनीतिक रुपान्तरणमा बढेका सिके । यी दुबै सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका नेता हुन् । एउटासंग आन्दोलनको विरासत छ, अर्कोसंग बौद्धिक व्यक्तित्वको छवि छ । एउटा परिक्षण भइसकेका छन् र अर्को परिक्षण हुने क्रममै छन् । एउटासंग ‘शंकाको सुविधा’ छ अर्कोसंग साख फर्काउने चुनौती छ । अब हेर्नुछ, आगामी दिनमा यीमध्ये को मधेसी राजनीतिको असली ‘सिकन्दर’ कहलिन्छ ?
]]>–मैले पार्टीको जिम्मा लिएको छु । संगठन विभागको नेतृत्व गर्ने जिम्मेवारी हालै पाएपछि राजीनामा दिएको हु“ । बढि समय पार्टीको काममा खट्नुपर्ने आवश्यकता भएकाले राजीनामा दिनुपर्यो ।
संविधानसभामा पार्टीको तर्फबाट निर्वाह गर्ने भूमिकालाई म पूर्ण जिम्मेवारीसाथ पालन गर्छु ।
त्यो गलत हो । हाम्रो पार्टीको विधानमा कार्यवहाक अध्यक्ष राख्ने प्रावधान छैन । व्यवस्थै नभएको कुरामा चाहाना राख्ने कुरै आउदैन ।
अलि अलि त भै हाल्छ । मतभेद नभए त यो जिवित नै हुदैन । अरु पार्टीमा पनि झगडा हुन्छ तर त्योे झगडालाई कसरी समेट्ने कुनै बहस हुदैन । हामी बहस र विवादलाई समाधानसहित निष्कर्षमा पुराउ“छौ ।
कम्युनिष्ट पार्टी भनेको विपरीतहरुवीचको एकत्व हो । जुन पार्टीमा फरक मत राख्नेको अस्तित्व हुदैन त्यो पार्टी नभई भजनमण्डली जस्तो हुन्छ । माओवादी एउटा नेताको पार्टी होइन, नेताहरुको पार्टी हो । यहा छलफल÷विवाद÷बहस सबै हुन्छ । यसले पार्टीमा कमी कमजोरी हटाउदै रुपान्तरित हुन मदत गर्छ । नया ढंगको पार्टी बन्छ । पार्टीभित्र हुने बहस÷विवादलाई हामी सकारात्मक रुपमा लिन्छौं ।
मतभेद भन्दा पनि विचारको बहस हो । पार्टीले देश र जनताप्रति प्रतिवद्ध भएर राजनीतिसंग जोडिएका प्रश्नहरुमा निर्णय लिनुपर्छ । त्यसक्रममा विभिन्न पार्टीका आ–आफ्नै धारणा छन् । अब बन्ने नेपालका लोकतन्त्रका बारेमा सबैको आफ्नै मोडल छ । कांग्रेसले संसदीय गणतन्त्रको कुरा गरेको छ । हामीभित्र पनि लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने बहस चलेको छ । मैले पुरानो तरिकाले जाद सकिदैन भन्ने धारणा राखेको हु“ । शान्तिप्रक्रियार नया“ संविधान लेख्ने विषयमा बहस र छलफल भएको हो । यो मतभेद होइन ।
हामी वीच फरक मत छ । खासगरी लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने बहस हो । छिटै बस्ने केन्द्रीय समिति र राष्ट्रिय भेलामा बहस गर्छौ ।
हामीले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देखेका छौ । साम्राज्यवादीशक्ति सधै मतभेद चर्काउने र विभाजित पार्ने षड्यन्त्रमा हुन्छन् । त्यो हिजो पनि थियो । आज पनि छ । भोलि पनि ती प्रयन्तहरु हुन्छन् । विचारका बहस गर्छौ व्यक्तिगत मतभेद छैन । एकता संघर्ष र रुपान्तरण हाम्रो मूल मन्त्र हो । अरु पार्टीले एकता संघर्ष र फुटको अभ्यास गरेका छन् । संघर्षबाट पार्टीमा एकता हुन्छ भन्ने हाम्रो ठम्याई हो । एकता संघर्या । नया आधारमा नया एकता गर्छौ । नया ढंगेको कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौ ।
व्यक्तिगत रुपमा उहा र मेरोवीच त्यस्तो नराम्रो केही छैन । उहा पार्टीको सुयोग्य जिम्मेवार कमरेड हुनुहुन्छ । तर पार्टीभित्र चल्ने विचरको बहस र विवाद भनेको भिन्न कुरा हो । कम्युनिष्ट पार्टी एउटै थियो । पुच्छर पछि जोडिएका हुन् आफ्ने पहिचानका लागि जोडिएका हुन् । सबै कम्युनिष्टि पार्टी एकै ठाउ“मा आउछन् भने सुदुर भविष्यमा त्यो हुन नसक्ने होइन तर तत्काल हामी माओवादी हटाउने पक्षमा छैनौ ।
प्रस्ताव त गर्न सकिने भयो । तर अहिले परिवर्तन गर्ने भन्ने होइन ।
पहिलो लोकतान्त्रिक गणतन्त्र वा पुरानो प्रकारको संसदीय गणतन्त्रमा अल्झिन चाहदैनौ यो पुरानो भैसकेको छ । असफल भैसकेको छ । कम्युनिष्ट पार्टीले विभिन्न ठाउमा जनवादको अभ्यास गर्दै आएका छन् । खासगरी रुस,चीन र पूर्वी यूरोपका राष्ट्रहरुमा । त्यसक्रममा केही कमीकमजोरी देखा परे । हामीले ती कमीकमजोरीलाई दोहोर्याउनु हुदैन । प्रतिपस्र्धा दलीय राख्ने । लेनिनले पनि रुसमा अभ्यास गर्नु भएको थियो । कम्युनिष्ट पार्टी मात्रै सत्तामा बस्ने अभ्यास भयो । चुनावमा हारेको अवस्थामा अर्को पार्टी पनि सत्तामा जानसक्ने व्यवस्था गर्ने सोच । हामीले भनेको जनगणतन्त्र यो हो ।
दोस्रो,जनविरोधी र साम्राज्यवादका दलाल,जनतालाई दुख दिने पार्टी अथवा व्यक्तिलाई निषेध गुर्नपर्छ । देश डुवाउने तर देशभक्त र प्रजातन्त्रवादीको दावी गर्नेलाई निषेध गर्ने हो । दलको स्पस्ट पहिचान गर्ने । जनविरोधीलाई स्थान नदिने । देशभक्त र प्रजातन्त्रवादी हुनुपर्छ ।
हामीले कम्युनिज्म चाहान्छौं । ढाट्ने कुरा भएन । तर कम्युनिज्म भन्ने वितिकै अतालिनपर्ने होइन । साचो अर्थमा मानवतावाद भनको कम्युनिज्म हो । त्यसमा वर्ग हुदैन । आदर्श समाजको परिकल्पना गरिएको हुन्छ ।
हाम्रो सिद्धान्त र गन्तव्य त त्यही हो । तर यसको अर्थ अहिले नै गइहाल्ने भन्ने होइन । अहिले देशभक्त जनवादी र वामपन्थी शक्ति मिलेर जानुपर्छ । सामन्तवादका विरुद्ध एक ढिक्का भएर जानुपर्छ । लोकतन्त्रका नाममा फेरि पनि गलत तत्वले ठाउ“ पाउने अवस्था हुनुभएन ।
यो माओवादीको एकलौटी सरकार होइन । हामीले चाहे अनुसारको काम गर्ने अवस्था छैन ।
बजेट र नीति तथा कार्यक्रम ल्यायौं । यसले केही नया अनूभूति भएको छ । पुरानोलाई भत्काएर नया“ निर्माणको कुरा हामीले गर्दै आएका छौ । पुरानै पुरानोको डंगुरमा छौ । पुरानो राख्नै पर्ने नया पनि बनाउन पर्ने । सापेक्षता र बाध्य्ताका वीचबाट हिडेनुपरेको छ ।
यो संवेदनशील कुरा हो । यसमा अनावश्यक बहस भएको छ । विशेष समितिको निर्माणको कुरा भएको छ । हामी कांग्रेससंग पटक पटक छलफल गरेका छौ । वहा“हरुले समितिको संयोजक नबस्न आग्रह गर्नुभयो । हामी बसेनौ त्यसपछि फेरि दुई सदस्इ मागरे कांग्रेसले विवाद निकालेको छ । कमसेकम शान्ति तथा पुननिर्माण मन्त्रालयले सदस्य त बस्न पाउनुपर्छ भन्ने हाम्रँे भनाई हो ।
पहिले आफू सत्तामा हु“दा दुई सदस्य विशेष समिति रहनसक्ने तर अहिले नमान्ने भन्ने कांग्रेसको तर्क गलत छ । कसरी जाने भन्ने विषयमा कांग्रेससंग फेरि पनि छलफल गर्छौ ।
परिवर्तित परिस्थितिमा राजाको नेतृत्वमा रहेका मान्छेहरु सबै गलत भन्न मिल्दैन । उनीहरु प्रजातन्त्रवादी र देशभक्त हुनसक्छन् । हिजो एमाले र कांग्रेसले पञ्चायत पृष्ठभूमिका मान्छेसंग गला मिलाएर सरकारमा बस्दा प्रश्न नउठ्ने तर माओवादी देशभक्त पृष्ठभूमिका मान्छेसंग सामिप्यता बढाउदा प्रश्न उठाउनु तर्क संगत होइन ।
हिजो राजाको शासनका बेला कोही मान्छे त्यता गएहोलान् । यो परिवर्तित सन्दर्भ हो । हिजोका पञ्चायतका मान्छे आज माओवादीसंग काधमा काध मिलाउन तयार छ भने, गणतन्त्रबादी र देशभक्त छ भने र वामपन्थीसंग मिलेर काम गर्छ भने हामी पूर्वाग्रही हुनुपर्ने कारण छैन । हिजो पञ्चायतकालमा मण्डले राष्ट्रवाद थियोे । अहिले हामीले नया“ राष्ट्रवाद नारा अघि सारेका छौं । देशभक्त भावना भएकाहरु नया“ राष्ट्रवादमा आउछन् भने आउन सक्ने भए ।
]]>